Monday 26th January 2026

भागरथीका हत्यारालाई पानीमूनि गए पनि पक्राउ गर्छौं : प्रधानमन्त्री ओली


तितोपाटी- प्रधानमन्त्री केपी शर्मा ओलीले भागरथी भट्टका हत्यारालाई पानी मुनि गए पनि पक्राउ गर्ने बताएका छन् । बुटवलमा आफ्नो समूहले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले केही समयभित्र हत्यारालाई पत्ता लगाउने बताएका हुन् ।

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरिएको थियो । २१ माघमा विद्यालय गएकी भागरथी साँझसम्म पनि घर नफर्केपछि खोजतलास गर्दै जाँदा २२ माघमा घरनजिकैको लबलेक जंगलमा बीभत्स अवस्थामा फेला परेकी थिइन् ।
प्रधानमन्त्री ओलीले बुटवलको सम्बोधनमा भागरथीका साथै निर्मला पन्तका हत्यारालाई पनि कठगरामा उभ्याउने दाबी गरे । ‘भागरथीका हत्यारालाई पानीमूनि गए पनि पक्राउ गर्छौं र निर्मलाका हत्यारालाई कठकरामा उभ्याउने छौँ,’ उनले भने, २४ जनालाई जिउँदै जलाउनेहरू अपराधीहरू १२ वर्षमा पनि पक्राउ परेका छन् ।’


सम्बन्धित शीर्षकहरु

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

सुदूरपश्चिमेली नेपाली समाज कुवेतको पाँचौँ अधिवेशनबाट महेश कुमारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा…

प्रतिकृयाहरू
...