Saturday 6th June 2026

गोमा कुमालको गजल संग्रह – ३


समय समयको बात अलग हुन्छ ।
हिजो र आजको रात अलग हुन्छ ।

सबै कुरामा नै आशभरोसा दिलाई
आफन्तले दिएको घात अलग हुन्छ ।

भो अब पर्दैन लगाउन मलमपट्टी
पीडामा पर्ने त्यो बर्षात अलग हुन्छ ।

समय परिस्थितिले कोल्टो फेरिदिँदा
एकै घरको पनि भात अलग हुन्छ ।

धन सम्पतिमा सम्बन्ध जोख्नेहरूले
हरबार दिएको सौगात अलग हुन्छ ।।

गोमा कुमाल
माथागढी-२ रुप्से पाल्पा
लुम्बिनी प्रदेश


सम्बन्धित शीर्षकहरु

निरेम प्रोडक्सन कुवेतको आयोजना तथा मेट्रो मेडिकल सेन्टरको सहकार्यमा महाबुल्लास्थित सुपर क्लिनिकमा आयोजित एक दिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक…

विश्वकै तेस्रो ठूलो कच्चा तेल आयातकर्ता राष्ट्र भारत अहिले आफ्नो ऊर्जा सुरक्षालाई थप मजबुत बनाउन नयाँ साझेदारहरूको खोजीमा छ। मध्यपूर्वमा…

भ्वाएजर–१ ले अहिलेसम्म कुनै तारा प्रणालीतर्फ प्रत्यक्ष यात्रा गरिरहेको होइन। यसको दिशा Ophiuchus तर्फ छ, र करिब ४०,००० वर्षपछि यो…

प्रतिकृयाहरू
...