Wednesday 7th January 2026

गोमा कुमालको गजल संग्रह – ३


समय समयको बात अलग हुन्छ ।
हिजो र आजको रात अलग हुन्छ ।

सबै कुरामा नै आशभरोसा दिलाई
आफन्तले दिएको घात अलग हुन्छ ।

भो अब पर्दैन लगाउन मलमपट्टी
पीडामा पर्ने त्यो बर्षात अलग हुन्छ ।

समय परिस्थितिले कोल्टो फेरिदिँदा
एकै घरको पनि भात अलग हुन्छ ।

धन सम्पतिमा सम्बन्ध जोख्नेहरूले
हरबार दिएको सौगात अलग हुन्छ ।।

गोमा कुमाल
माथागढी-२ रुप्से पाल्पा
लुम्बिनी प्रदेश


सम्बन्धित शीर्षकहरु

अमेरिकी सेनाले काराकासको एक परिसरबाट निकोलस मादुरो र उनकी श्रीमतीलाई लगेको ४८ घण्टा नबित्दै, भेनेजुएलाका नेता न्यूयोर्कको अदालतमा उभिए र…

नयाँ अनुसन्धान अनुसार अन्टार्कटिकाको थ्वाइट्स ग्लेशियर लगभग १३ वर्षमा सयौं हिमनदी भूकम्पले हल्लाएको छ। डूम्सडे ग्लेशियरको रूपमा पनि चिनिन्छ, यो…

डिसेम्बर २८ मा तेहरानमा पसलेहरूको हडतालसँगै सुरु भएको विरोध प्रदर्शनमा सुरक्षा बलका सदस्यहरू सहित कम्तिमा १२ जनाको मृत्यु भएको आधिकारिक…

प्रतिकृयाहरू
...