मुक्तक १
बिगार्नमा तल्लीन भई जुटे बाँदरहरू ।
मिलीजुली किसानलाई लुटे बाँदरहरू ।
कुन्नि केमा लडाइँ भयो जानेनौँ खै हामी
आखिरीमा शत्रु बनी फुटे बाँदरहरू । 🌷🙏🌺
मुक्तक २
कुकुरले आफ्नो जात जनाएरै छाड्छ ।
बाँदरले आफ्नो गुट बनाएरै छाड्छ ।
गधा, कुत्ता कसै गरी बन्ने छैन गाई
पतेरोको जात उस्तै गनाएरै छाड्छ । 🌷🙏🌺
हरि शर्मा(गलकोटे कवि)
मिशिगन, अमेरिका ।