Sunday 28th December 2025

अनेसास केन्द्रीय उपाध्यक्ष बाबा बस्नेतको संयोजकत्वमा अनेसास एसिया समिति गठन


समाचारदाता – अनेसास केन्द्रीय उपाध्यक्ष बाबा बस्नेतको संयोजकत्वमा अनेसास एसिया समिति गठन भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्र र क्षेत्रीय च्याप्टरहरू बिच सुमधुर सम्बन्ध स्थापना गर्दै नेपाली भाषा र साहित्यको प्रवर्धन गर्ने उदेश्यले अनेसास एसिया समिति गठन भएको हो ।

नव गठित यसिया समितिको सहसंयोजक – लतिका जोशी सिलगुढी, सचिव – गिरिजा गैरे- जापान ,सह-सचिव – लक्ष्मी भट्टराई अनुरागी- इजरायल र कोषाध्यक्ष; सीताराम थापा-कतार रहेका छन् । यसैगरी सदस्यहरूमा प्रमोद सारंग- कोरिया, डा. गुनु घर्ती किङ्-मिजोरम, चन्द्रप्रकाश गिरी-सिक्किम, भविन लिम्वु-हङकङ, हिमाल अञ्जान-कुवेत,नमराज लामिछाने- साउदी रहेका छन् ।

समितिले निकट भविष्यमा नै एसिया क्षेत्रका अनेसास च्याप्टरहरूसँग आवद्द साहित्यकारलाई समटेर साहित्यिक कार्यक्रम गर्ने भएको छ ।
संसारभरका पाँचवटै महादेशमा अनेसासको क्षेत्रीय समिति गठन गर्ने अवधारणा अनुरूप गठित यो दोस्रो समिति हो । यसअघि अमेरिकामा उपाध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजनमा गठित अनेसास उत्तर अमेरिका समितिले साहित्यिक भेटघाट सुरु गरिसकेको छ ।


सम्बन्धित शीर्षकहरु

धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको पार्टीको पहलमा अघि बढाइएको श्रम संस्कृति महा अभियान को प्रवासी सभा कुवेतले आगामी जनवरी…

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)बीचको राजनीतिक समिकरण निर्णायक चरणमा पुगेको छ। रास्वपा सभापति रवि लामिछाने…

“सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना भएको युवा शक्ति कुवेतले साल्मियाको ब्लक–१० गार्डेन…

प्रतिकृयाहरू
...