Tuesday 20th January 2026

आप्रवासी कामदारलाइ २ हप्ताको लागि कुवेत आगमनमा प्रतिवन्ध


तीतोपाटी – कुवेत सरकारले आप्रवासी कामदारलाइ २ हप्ताको लागि कुवेत आगमनमा प्रतिवन्ध लगाएको छ । कुवेत सरकारका संचार प्रमुख एवं प्रवक्ता तारिक अल-मुजरिमले कुवेतको मन्त्रीपरिषदले गरेका निर्णयहरू सुनाउँदै कुवेतको अन्तर्राष्ट्रिय विमानस्थल अपरेसन बन्द नभए पनि आप्रवासी कामदारलाइ कुवेत आगमनमा प्रतिवन्ध लगाइएको बारे एक पत्रकार सम्मेलन गरेर जानकारी दिएका हुन् ।

प्रवक्ता मुजरिमका अनुसार आगामी आइतबार देखि २ हप्ताको लागि आप्रवासीहरूलाइ कुवेत आगमनमा रोक लगाइएको छ भने यस अघि आकलन गरिए अनुसार अन्य देशबाट कुवेत छिर्नेहरूलाइ १ हप्ते इन्स्टिच्युसनल क्वारेन्टाइन राख्ने प्रस्तावलाइ भने यस महिनाको अन्त्य तिर मात्रै लागु गरिने कुरा कुवेतबाट प्रकाशित हुने अल कबास डेली पत्रिकामा जनाइएको छ ।

यस अघि आजै मात्र कुवेत सरकारले व्यवसायिक मलहरू तथा रेष्टुरेन्टहरू बेलुकी ८ बजेदेखि बिहान ५ बजे सम्मका लागि बन्द गर्ने तथा सलुन, हेल्थ सेन्टर, बारबार सप तथा स्पोर्टस क्लबहरू पुर्ण रूपमा बन्द गर्ने निर्णय गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...