Wednesday 18th March 2026

कुवेतमा कोरोना बढ्नाले सपिङ मल र रेष्टुरेन्ट आंशिक बन्द हुने, सलुन र स्पोर्टस क्लब पुर्ण बन्द हुने


तीतोपाटी – विश्वव्यापी महामारी कोभिड – १९ विरूद्धको खोप कार्यक्रम चलिरहँदा पनि कुवेतमा कोभिड संक्रमितको संख्या बढे पछि कुवेत सरकारले पुनः सलुन र स्पोर्टस क्लबलाइ केहि समयको लागि बन्द गर्ने भएको छ भने सपिङ मल र रेष्टुरेन्टहरू पनि आंशिक रूपमा बन्द हुने भएका छन् ।

कुवेतमा कोरोना संक्रमितको दर बढ्न थाले पछि यहाँ स्थित मन्त्रीपरिषदले व्यवसायिक मल र रेष्टुरेन्टहरूलाइ बेलुकी ८ बजे देखि बिहान ५ बजे सम्मका लगि बन्द गर्ने निर्णय गरेको छ भने आगामी हप्ताबाट सो निर्णय कार्यन्वयन गरिने कुरा अल कबास डेली पत्रिकालाइ उधृत गर्दै टाइम्स कुवेतले समाचार प्रकाशित गरेको छ ।

त्यसै गरि सलुन, बारबर सप तथा स्पोर्टस क्लबहरू एक हप्ताको लागि पुर्ण रूपमा बन्द गरिने पनि समाचारमा जनाइएको छ भने हवाइ उडान भने यथावत रहने जनाइएको छ ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ महाधिवेशनबाट जम्बो कार्यसमिति घोषणा गरिएको छ। एकताको सन्देशसहित सम्पन्न महाधिवेशनले सबै पक्षलाई समेट्ने उद्देश्यले जम्बो…

वैदेशिक रोजगारीको शिलशिलामा मध्यपूर्वको देश साउदी अरेविया पुगेका दोलखाका तिलक बहादुर थामी अहिले मृगौला पीडित बनि स्वदेश फर्केका छन् भने…

प्रतिकृयाहरू
...