कोही छैन अति प्यारो दिलको राजा जस्तो ।
मन पर्दैन अरु कुनै पञ्चे बाजा जस्तो ।।
मम पिज्जा बर्गर सबै बजारको खाना
हुन्न होला स्वस्थ पनि घरको खाजा जस्तो ।
हराभरा हुन्थ्यो जमिन श्रम गरे देशमै
हुने थिएन कहिले पनि फाट्या धाजा जस्तो ।
जति वर्ष बितेपनि गाढा नै छ माया
तीतो मिठो हुँदै हुन्न बासी ताजा जस्तो ।
आँखा आँखा जुधाउँदा लठ्ठिए नै पछि
लाग्छ अब हजुर पनि भाङ र गाजा जस्तो ।
-धर्मिला कार्की
चिसङ्खुगढी-३, ओखलढुङ्गा
हाल: महाराजगन्ज, काठमाडौँ