Thursday 2nd April 2026

गजल -धर्मिला कार्की


कोही छैन अति प्यारो दिलको राजा जस्तो ।
मन पर्दैन अरु कुनै पञ्चे बाजा जस्तो ।।

मम पिज्जा बर्गर सबै बजारको खाना
हुन्न होला स्वस्थ पनि घरको खाजा जस्तो ।

हराभरा हुन्थ्यो जमिन श्रम गरे देशमै
हुने थिएन कहिले पनि फाट्या धाजा जस्तो ।

जति वर्ष बितेपनि गाढा नै छ माया
तीतो मिठो हुँदै हुन्न बासी ताजा जस्तो ।

आँखा आँखा जुधाउँदा लठ्ठिए नै पछि
लाग्छ अब हजुर पनि भाङ र गाजा जस्तो ।

-धर्मिला कार्की
चिसङ्खुगढी-३, ओखलढुङ्गा
हाल: महाराजगन्ज, काठमाडौँ


सम्बन्धित शीर्षकहरु

सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक…

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

प्रतिकृयाहरू
...