घाम छाँया बिच पनि चल्दो रहेछ जिन्दगी ।
बेमौसमी फल जस्तै फल्दो रहेछ जिन्दगी ।।
भाग्यले साथ छोडे जस्तै बिस्तारै बिस्तारै
स्वचालित हुँदै बाटो बदल्दो रहेछ जिन्दगी ।
सत्कर्म गरौ आज भोलि लाई भन्दा भन्दै
तृष्णा अधुरै छाडेर गल्दो रहेछ जिन्दगी ।
निष्पट्ट कहाली लाग्दो रातहरू चिर्दा चिर्दै
मैन को शिखा जस्तै जल्दो रहेछ जिन्दगी ।
महशुस मात्र हुनेछ देखिन्न त्यो भित्र-भित्रै
धुवाँ बिना चिराग झैं बल्दो रहेछ जिन्दगी ।
-राम भण्डारी
सिन्धुपाल्चोक
हालः काठमाडाैं ।