Sunday 12th April 2026

करिश्माको निर्माणमा ‘बनबास’ गर्दै कविता


नायिका करिश्मा मानन्धरकी छोरी कविता मानन्धरले चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’मा काम गरिन् । तर, यो चलचित्रको रिलिज सही तरिकाले नहुँदा चलचित्र आएको र गएको नै पत्तो भएन । जसलेगर्दा, कविताको डेब्यू सुखद बनेन । डेब्यू चलचित्र नै सुखद नबनेपछि कविता चलचित्रमा काम गर्ने बिषयमा सकारात्मक थिइनन् ।

तर, अब उनी आफ्नै होम प्रोडक्शनमा बन्न लागेको चलचित्र ‘बनबास’मा काम गर्न तयार भएकी छन् । यो चलचित्रलाई करिश्मा मानन्धरले निर्माण गर्दैछिन् । चलचित्रको निर्देशन भने सुशिल क्षेत्रीले गर्दैछन् । चलचित्रमा कविता र नायक सरोज खनालको मुख्य भूमिका रहनेछ ।चलचित्रको बिषयमा करिश्मा मानन्धरले भनिन्–‘हो, हामी चलचित्र बनाउने तयारीमा छौं । यो ठूलो बजेटको चलचित्र होइन । तर, अहिलेको अवस्थामा सानो बजेटमा उत्कृष्ट कथा भन्न आवश्यक छ भन्ने लागेको छ । चलचित्रको काम वैशाखबाट सुरु हुन्छ ।’

चलचित्रमा काम गर्न कविता कसरी राजी भइन् त, करिश्माले भनिन्–‘एउटा यस्तो प्रेम कहानी’को टिमले चलचित्र विगारेपछि कविता चलचित्रमा काम गर्ने बिषयमा सकारात्मक थिइनन् । तर, मैले उनलाई संझाएकी छु । अब, भने उनी काम गर्न तयार छिन् ।’करिश्माले बनाएको पछिल्लो चलचित्र ‘फागू’ हो, जुन बक्स अफिसमा असफल भएको थियो । कलाकार तथा निर्माता शिव श्रेष्ठले डेब्यू गराउनु भन्दा अगाडि कवितालाई आफ्नै ब्यानरबाट डेब्यू गराउने योजना करिश्माको थियो ।

-अनलाइन खबरबाट

सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...