Wednesday 8th April 2026

कुवेतको अब्दली नजिक नेपालीको कंकाल क्षत-बिक्षत अवस्थामा फेला पर्यो


हरी कृष्ण न्यौपाने- कुवेत-इराकको बोर्डर अब्दलिबाट दुई किलोमिटर टाढा मरुभूमिको बिचमा एक नेपालीको कंकाल क्षत-बिक्षत अवस्थामा फेला परेको छ।यसरी मरुभूमिको बिचमा मृत्‍यु भई कंकाल मात्र भेटिएको नेपालीको पहिचान भने हुन नसकेको बताइएको छ।

कुवेतबाट प्रकाशित अरब टाइम्समा २७ जनावरी,२०२१ का दिन प्रकाशित समाचारमा भनिएको छ”निकै निर्ममतापूर्वक हत्या गरिए जस्तो देखिएको उक्त कंकाल बालुवाले ढाकेको अवस्थामा फेला परेको थियो । जंगली कुकुरहरुले उक्त ठाउँमा खोस्रिदाँ कंकाल भेटिएको हो।त्यही क्षेत्रमा काम गर्ने कामदारहरुले कुवेतको स्थानिय प्रहरीलाई खबर गरी घटनाबारे जानकारी गराएका थिए।फौजदारी घटना विभाग (सिइडी)ले घटनामा मृत्‍यु हुनेको पहिचान देखी हत्या गरे-नगरेको तथा हत्या गरिएको भए हत्यारा पहिचान गर्न आफ्नो अनुसन्धानलाई तिब्रता दिएको छ।”

यसै बिच नेपाली राजदूतावास कुवेतले पनि नेपाली नागरिकको कंकाल भएटिएको बारे समाचार आए पछी घटनाको पूर्ण जानकारीका लागि सम्बन्धित निकायहरु स्थानिय प्रहरी तथा फौजदारी घटना विभाग (सिइडी) संग समान्वय गरिरहेको बताएको छ। साथै दूतावासमा आफन्त हराएको गुनासोहरु आएका कम्पनीहरु संग पनि दुताबासले सम्पर्क गरिरहेको छ।दुताबासका अनुसार यहाँको प्रहरी तथा फौजदारी घटना विभाग (सिइडी)ले सत्य-तथ्य पत्ता लगाउन अनुसन्धान र मेडिकलका बिभिन्न बिधिहरु अपनाउदै मृत्‍युको बारे पूर्ण जानकारी दिए पछी मात्र वास्तविकता पत्ता लाग्न सक्छ।”


सम्बन्धित शीर्षकहरु

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

कुवेतको विद्युत, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले अप्रिल ५ देखि ११, २०२६ सम्म देशका विभिन्न क्षेत्रमा प्रत्येक दिन ४ घण्टाको…

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

प्रतिकृयाहरू
...