Tuesday 13th October 2026

कुहिरो भित्र दुइ घण्टा थुनिएपछि… –


नारायण कोइराला – अलार्मको आवाज सगै म उठेको थिएँ । समय बिहानको पाँच तीस भएको थियो । रात सकिए पनि अध्यारो सकिएको थिए न। उठ्ने बितीकै म आफ्नो पालो अनुसार ट्वाइलेट तिर गए । अलिकति ढीलो भयो भने साथीभाइ पनि त डिउटी जानु छ भन्ने कुरा सोच्नु पर्यो।

चिसोपानी शरीरमा हाल्दा आफ्नो हो कि अर्काको शरीर हो जस्तो भयो । हतपत सग जति हुन्छ स्नान गरी पुनः कोठा तिर आएँ । साथीले कोठाको झ्याल खोल्नु भएको रहेछ । बाहिरबाट आएको एक झोक्का कुहिरो मेरो अनुहारमा पर्यो । दिन आज चिसो खाने जो रहेछ भनि मन बुझाए । बाहिर हेर्दा पुरै कपास जस्तो कुइरो लागेको थियो ।

कुहिरो छ,जाडो छ,सक्दिन भन्न पनि नपाइने । के गरु पासपोर्टमा सम्झौता गरेको छु । मरिच, अदुवा अलैंची राखिएको मसलादार चिया पिएर आफूलाई तातो बनाउने प्रयास गरें । चियापान पछि नयाँ पुराना हाइनेक देखि जाकेट सम्म शरीरको सुरक्षामा खटाए ।

बल्लतल्ल बस् आउने,बस् बिसौनी सम्म पुगे । साथी भाइहरू पनि काप्दै आउँदै थिए । कुहिरो बढी लागेको हुँदा आफ्नो बस चिन्न पनि कठिन भएको थियो । नजिकबाट नबर पेलट हेरी बसभित्र पसे । अगाडि पुलिसको गाड़ी आएर रोकियो । कुहिरो नखुल्नजेल जान नपाउने भयौ । अब के गर्ने कुहिरो संग सोध्न पनि नसकिने कति बेला जान्छस् भनी । बस छोडी रूममा गयो भने बस छुट्छ की भन्ने डर । यहाँको प्रहरीसँग जबर्जस्ती गर्ने कुरो पनि भएन । कानुनले चलेको देश हाम्रो जस्तो नेताले चलेको देश भएन ।

कुहिरोले सेकी रहेको थियो । टाउको देखि तल पैतलामा सम्म मोजा लाउँदा नी कताबाट चिसो पस्छ। थाहा नै भएन । हामी सबै बसमा बसेका छौ । पुरानो टाटा गाड़ी भएको हुँदा कुहिरो झ्यालको चरबाट भित्र आएको छ । मजदुर हुन भनेर कुहिरोले हामीलाई सहयोग गरेको छैन।

करिब दुई घण्टा पछि अलि अलि बाटो देखिन थाल्यो । पुलिस आएर लोकल यरिएका बसलाई जान दियो । हामी पनि लोकल जो पर्ने हुँदा हामीहरू जान पायौं । यही समयको सदुपयो यतिबेरमा यों मेरो लेख पनि तयार भएको थियो।

कस्तो लायो यो अनुभव भनी पोस्ट गरे। प्रतिक्रिया आउन त बाँकी छ।हेरौं कस्तो हुन्छ।
त्यो त हजुरहरुले दिने कुरा हो।

तानसेन पाल्पा
हाल, यूएई


सम्बन्धित शीर्षकहरु

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

अजरबैजान सरकारले विद्यालयमा धर्मनिरपेक्ष पोसाक नियम लागू गर्दै हिजाब लगाउन अप्रत्यक्ष रूपमा रोक लगाएपछि देशभर विरोध प्रदर्शन सुरु भएका छन्।…

यमनका हुथी विद्रोहीहरूको लगातार ड्रोन तथा मिसाइल आक्रमणपछि साउदी अरेबियाले रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन हाल केहि समयका लागि…

प्रतिकृयाहरू
...