Friday 20th March 2026

फिल्म ‘द रेड जोन’ निर्माण हुने


फिल्म ‘द रेड जोन’ निर्माण हुने भएको छ । निर्माण युनिटले काठमाडौँको राष्ट्रिय आविस्कार केन्द्रमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको घोषणा गरेको हो ।फिल्मका निर्माता खगेन्द्र सुवेदी, के एस काफ्ले हुन् भने  प्रस्तुतकर्ता रमेश बन गोसाई रहेका छन् । सडक सुरक्षा र सडक दुर्घटनाबाट बच्नको लागि प्रेरणादायी सन्देश फिल्ममा समट्न लागेको प्रस्तुतकर्ता रमेशले बताए । उनले समाज परिवर्तनका लागि फिल्मले  विशेष महत्त्व राख्ने बताए ।

फिल्ममा किशोर खतिवडा, दीपक थापा, कमला नेपाली , हेमराज घर्ति, सिर्जना कार्की, नेत्र विष्ट, सुमन गौतम, खगेन्द्र सुवेदी, धर्मराज भण्डारी, वर्षा श्रेष्ठ लगायतका कलाकारको अभिनय रहनेछ  ।

रामजी लामिछाने, राजन मर्हजन र नवराज सुवेदीको नृत्य , देव महर्जनको द्वन्द्व, सुजन विश्वकर्माको छायाँकन रहने फिल्ममा सुजन गौत्तमको कथा, यज्ञजंग विश्वकर्मा ( आयुष)को पटकथा तथा निर्देशक रहेको छ ।

शंकर अधिकारी घायल र सुन्दर पन्तको गीत र ज्ञानेन्द्र गिरीको संगीत रहने फिल्म छायाँकनमा लागि माघ २१ गतेबाट फ्लोरमा निस्कने भएको छ  ।

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...