Sunday 28th December 2025

भारतको कर्नाटकमा बस र ट्रक ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु


तीतोपाटी – भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा भएको एक सडक दुर्घटनामा परेर कम्तीमा पनि ११ जना व्यक्तिको मृत्यु भएको बताइएको छ । समाचारमा बताइएअनुसार एउटा मिनीबस विपरीत दिशाबाट आएको अर्को एक ट्रकसँग एकआपसमा ठोक्किँदा सो दुर्घटना भएको थियो । त्यसमा परी अरु सात जना घाइते भएका छन् । उनीहरुलाई अस्पताल पुर्याइएको छ ।

सो दुर्घटनामा परेर उक्त बसमा रहेका एकजना पुरुष सवारी चालक सहित ११ जनाको ज्यान गएको बताइएको छ । मृत्यु हुनेमा दश जना यात्रु महिला रहेको प्रहरीले जानकारी दिएको छ । सो दुर्घटनास्थल बैंगलुरुबाट ४३० किलोमीटर पर पर्दछ । प्रहरीले घाइते सबैलाई अस्पताल लगिएको बताएको छ । प्रहरीका अनुसार सो दुर्घटनामा परेकामध्ये पाँच जना महिलाको अवस्था चिन्ताजनक रहेको छ ।

ती यात्रुहरु पारिवारिक कामका लागि हिँडेका थिए । उनीहरु गोवा जान लागेको पनि प्रहरीले जानकारी दिएको समाचारमा जनाइएको छ ।-सिन्ह्वा


सम्बन्धित शीर्षकहरु

धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको पार्टीको पहलमा अघि बढाइएको श्रम संस्कृति महा अभियान को प्रवासी सभा कुवेतले आगामी जनवरी…

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)बीचको राजनीतिक समिकरण निर्णायक चरणमा पुगेको छ। रास्वपा सभापति रवि लामिछाने…

“सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना भएको युवा शक्ति कुवेतले साल्मियाको ब्लक–१० गार्डेन…

प्रतिकृयाहरू
...