Monday 24th August 2026

कुवेतको बदर अल समा मेडिकल सेन्टरमा पुर्ण शारीरिक स्वास्थ्य जाँच जम्मा १५ केडि मा


तीतोपाटी – कुवेतको फरवानियामा रहेको बदर अल समा मेडिकल सेन्टरले अहिले सम्मकै सबैभन्दा सस्तो दरमा पुर्ण शारीरिक स्वास्थ्य जाँच (Full Body Checkup) गर्ने सेवा दिन शुरू गरेको छ । न्यूनतम् ४५ केडि पर्ने उक्त स्वास्थ्य चेक जाँच प्रवासी श्रमिकहरूको कोभिड-१९ को कारण सिर्जित अार्थिक अवस्थालाइ ध्यानमा राखेर नयाँ वर्षको अवसरमा जम्मा १५ केडिमा उपलब्ध गराइएको कुरा सो मेडिकल सेन्टरका मेनेजर मिस्टर अब्दुल रजाकले तीतोपाटी डट कम सँगको कुराकानीमा बताएका हुन् । दक्ष र अनुभवी स्वास्थ्यकर्मी तथा स्तरिय उपकरणको प्रयोग गरि जम्मा १ घण्टामै यो सेवा दिन लागिएको बताउँदै यस्तो स्वर्णिम माैकाको फाइदा उठाउन नचुक्न पनि मेनेजर रजाकले सबै प्रवासी श्रमिकहरूमा अनुरोध गरेका छन् ।

फाष्ट ट्र्याक ल्याब इन्भेष्टिगेसन(Fast Track Lab Investigation) विधिबाट जम्मा १ घण्टामाै पुर्ण शारीरिक स्वास्थ्य जाँच गर्न पाइने उक्त प्याकेज अन्तर्गत प्रेशर, सुगर, कोलेस्ट्रोल, पिसाब तथा छाती सम्बन्धी समस्यासँग सम्बन्धित परिक्षणहरू CGC(SGOT), FBS(Lipid Profile), Urea(Urine Routine Analysis),Uric Acid(ECG), Creatine(Chest X-Ray), SGPT तथा निःशुल्क डाक्टर परामर्श सेवा प्रदान गरिनेछ ।

मेनेजर अब्दुल रजाकले नयाँ वर्षको अवसरमा यो प्याकेजको शुरूवात गरेको अस्पतालले हाला फेब्रुअरीको अबसरमा अन्य प्याकेजहरू पनि ल्याउन लागेको बताए । स्वास्थ्य सुरक्षित रहन सकिएन भने धन कमाएर पनि कुनै अर्थ नरहने बताउँदै स्वास्थ्यमा कसैले पनि खेलाची गर्न नहुनेमा उनले जोड दिए । त्यहि भएर पनि श्रमिक मैत्री भएर बदर अल समा मेडिकल सेन्टरले सबै तहका मानिसहरूलाइ समेट्ने गरि अन्य स्वास्थ्य संस्थाले भन्दा सस्तोमा स्तरीय तथा छिटो छरितो स्वास्थ्य सेवा दिन वदर अल समा मेटिकल सेन्टर लागि परेको बताए ।

विशेष गरि थोरै पारिश्रमिक हुने श्रमिकहरूलाइ लक्षित गरि यो प्याकेज ल्याएको बदर अल समा मेडिकल सेन्टर फरवानियाको मुटुमा रहेको गाता ४ मा फरवानिया पार्क नजिकै रहेको छ । मेडिकल सेन्टर सम्म पुग्नको लागि कुवेतका चारै तिरबाट बस मार्फत फरवानिया पुगेर अल्घानिम तथा युरेका इलेन्ट्रोनिक स्टोर नजिक ओलिएर ति इलेक्ट्रोनिक स्टोरको पछिडि गएमा सजिलै भेट्न सकिन्छ ।


सम्बन्धित शीर्षकहरु

कुवेतमा दुई महिनादेखि बेपत्ता रहेकी फिलिपिनो घरेलु कामदार डाफ्नी नाकालाबानको शव रोजगारदाताको घरपछाडिको क्षेत्रमा फेला परेको छ। उनको शव कुहिएको…

मलेसियाले नेपाली श्रमिक पठाउन २५ वटा म्यानपावर कम्पनीलाई मात्र मान्यता दिएपछि विवाद उत्पन्न भएको छ। नेपाल सरकार र वैदेशिक रोजगार…

थाइल्याण्डको विद्रोह प्रभावित दक्षिणी क्षेत्रमा शनिबार राति आगजनी तथा बम हमलाका ५१ वटा घटना भएका छन्। आक्रमणमा स्थानीय सरकारी कार्यालय,…

प्रतिकृयाहरू
...