Wednesday 8th April 2026

गजल -कपिल देव भट्टराई


खै किन यहाँ दण्डहिनता बढेको छ ।
मरौला भन्दैन मनुष्य मात चढेको छ ।।

परिवर्तन सम्बाहक भन्दै हिडे तापनि,
रुढीवादी परम्परामा सोच गडेको छ ।

कर्मको फल पाउने दिन आउँछकी आउदैन,
अशिक्षित भन्दा शिक्षित झन सडेको छ ।

जताततै हत्याहिंसा भ्रष्टाचारले व्याप्त छ,
जन्मभूमिको हालत देखेर मन डढेको छ ।

कपिल देव भट्टराई
हाल – युयर्इ


सम्बन्धित शीर्षकहरु

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

कुवेतको विद्युत, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले अप्रिल ५ देखि ११, २०२६ सम्म देशका विभिन्न क्षेत्रमा प्रत्येक दिन ४ घण्टाको…

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

प्रतिकृयाहरू
...