Wednesday 1st April 2026

क्रिसमस र न्यु इयरको उत्तम खाना:टर्की रोस्ट विल्लिङटन


आर.बि.बुढाथोकी,सुसेफ-सोल्टी क्राउनप्लाजा होटेल – अङ्रेजी नयाँ वर्ष र क्रिसमस संसारभर धुमधाम सँग मनाइन्छ।यो विशेष पर्बमा विश्व भरका क्रीसियन इसाइहरुले विशेष पर्बका रुपमा मनाउँछन । नेपालमा पनि केही वर्ष यता क्रिसमस र न्यु इयर मनाउनेहरुको जमात निकै बढेकोछ । घर होस या होटल रेस्टुराँ सबैतिर यो विशेष पर्बमा विशेष खाना खाने र खुवाउने प्रचलन छ ।

ब्रिटिसहरुले प्रतिपादन गरेको क्रिसमस न्यु इयर डिस विल्लिङटनअहिले संसारभर प्रचलनमा आएको छ ।

सामाग्री:टर्की ब्रेस्ट-१ केजी, मसिनो गरी चप गरेको च्याउ-२ कप, फ्रेस हब्स-आधा मुठा, नुन मरीच-स्वादअनुसार,रेड वाइन-एक कप, जैतुनको तेल-३ टेबल स्पुन, मसिनो गरी काटेको लसुन र प्याज-५० ग्राम, पपपेस्ट्रीसिट-२५० ग्राम, बटर-३० ग्राम,अन्डाको पहेलो भाग-३ पिस, मुस्टर्ड-२ चम्चा, चिज-३० ग्राम,मैदा-४५ ग्राम

बिधी:
सर्बप्रथम टर्कीको छातीको भागलाई पातलो गरी स्लाइस गर्नुस र नुन मरिच,रेडवाइन,थाइ हब्स जैतुनको तेल, लसुन हालेर मोल्नुस र मिलाएर रोल गर्नुस बेकिङ ट्रेमा हालेर मज्जाले पाक्ने गरीओभनमा बेक गर्नुस गोल्डेनब्राउन कलर आएपछी निकाल्नुस र चिसो हुन दिनुस ।

अर्को एउटा फ्राइङप्यानमा बटर हालेर लसुनलाई ब्राउन गरी काटेको च्याउला दिनुस र केही बेरपछी रेडवाइन,सिजिनिङ हालेर थाइम पनि हाल्दिनुस र साथमा ३ चम्चा पिठो हालेर चलाऊनुस । अन्तमा चिज हाल्दिनुस र निकाल्नुस ।

यसरी तयार भएको मिक्चरले टर्कीको पाकेको रोललाई सबै तिर मस्टडपेस्ट लगाउदै कोट गर्नुस र पपपेस्ट्रीसिटले रोल गरेर अन्डाको पहेलो भागले राम्ररी वास गरेर ओभन बेक गर्नुस । हल्का ब्राउन कलर देखिएपछी निकाल्नुस र काटेर क्यानबेरी ससका साथमा टर्कीविल्लिङटन सर्भ गर्नुस । यो खानलाईअती नै स्वादिस्ट हुन्छ र स्वास्थ्यबर्दक पनि मानिन्छ।

टर्कीविल्लिङटन जस्तै भेज तथा अन्य मासुको पनि यही बिधिमा सहजैबनाउन सकिन्छ।क्यानबेरी सस बनाउनका लागि क्यानबेरी पिउरी, चिनी, पानी, नुन, मरिच, कागतीको रस, कागतीको जेस्ट, दालचिनीको धुलो, जाइफलको धुलो,मसिनो गरी काटेको किसमिस हालेरपकाउनुस र अन्तमा रेडवाइन हालेर निकाल्नुस रविल्लिङटनका साथमा सर्भ गर्नुस।


सम्बन्धित शीर्षकहरु

सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक…

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

प्रतिकृयाहरू
...