Friday 2nd January 2026

राजनीतिः एक क्राइम स्टोरी


नारायण कोइराला – संसारको कुनै शक्तिले हराउन नसकेको हाम्रो सानो देश नेपाल । सीधा अर्थमा भन्नु पर्दा कसैको गुलाम बन्न नपरेको । दुस्मनलाई जसरी भए पनि हराएर छोड़ने । हाम्रो इतिहास हाम्रो गौरव छ । आज पनि दुनियाँको धेरै मुलुकमा नेपाली भन्ने बितिकै साहसी, इमान्दार, लगनशील अनि बोलीको पक्का भन्ने विश्वास गरिन्छ । देश बाहिरको असल परिचय हाम्रो लागि अर्को गौरव बनेको छ।

संसारमा यस्तो राम्रो छवि हुँदा पनि किन हाम्रो देशले आज खोजे जस्तो उज्यालो भविष्य पाउन सकेको छैन । २०४६सालको राजनैतिक यात्राको सफलता पछि विकासको गति लिन पर्ने देश झन राजनीतिक क्राइम तिर लागेको देखिन्छ। जब देशमा राजनीतिक परिवर्तन ल्याउन सफल भएको अवस्था थियो त्यसलाई शिरोधार्य गरी राजनीति कीचलोबाट माथि उठी देश अनि जनताको न्यूनतम आवश्यकता तिर ध्यान दिएको भए देश विकासको गति तर्फ बढ्ने थियो, अर्को स्टोरीको उदय हुने थिएन होला।

हुन त हाम्रो देशको राजनीतिमा अन्य देशको प्रभावले देश चल्छ भन्ने आवाज बारम्बार आऊने गर्छ । यसको के अर्थ पनि, सत्तामा जसरी पनि जाने मनस्थितिले शासकहरू मुक्त हुन नस्कनु नै हो । आफू सत्तामा जानको लागि देशलाई अन्योलमा सम्म पार्ने चलन पनि यहाँ रहेको देखिन्छ । यसको फाइदा विदेशी अनि देशभित्रका अवसवादीहरूले राम्रो सँग बेला ,बेलामा उठाएको इतिहासले प्रमाणित गरेको छ।जसको प्रमाण दन्द्ध कॉल हो की जस्तो लाग्छ।

होइन भने यतिखेर देशले विकासको फड्को मार्नु पर्थ्यो तर यहाँ राजनीतिक स्थिरता कायम राख्न नसक्दा बिस्तारै देश विकास होइन विनास तिर गएको देखिन्छ। भर्खर उदाउदै गरेको विकासको गतिलाई पछ्याउन लाग्दा फेरि देश अ न्तरद्वन्दमा होमिदैछ । यसको पछाडि विदेशी चलखेल हो वा के? समग्र रूपमा हेर्दा त्यो पनि सम्भव छ। देशलाई अन्योलमा लानेहरुले आज के दिए स्पष्ट रूपमा देखिएको छ।

जब देशमा द्वन्द्व सुरु भयो, के थियो अवस्था। त्यो इतिहासको पानामा रहेको नैं छ। परिवर्तनको नाममा गरिएको द्वन्द्वको क्रममा के भयाे ?किन गरियो त्याे द्वन्द बुझ्न पर्ने अवस्था आएको छ। युद्धका ती चित्कार आजपनि हाम्रो सामुन्ने घाउका खत बनि बसि रहेको अवस्था छ।कतिका सिन्दुर पुछियो, कतिका छोरा छोरी मारिए। देशका संरचना भातभुग बनाइयो।आलो रगतले पूरा देशलाई भिजाइयो।अवस्था सहन गर्न नसकेर देश बनाउन सक्ने युवाशक्ति सबै देशबाट पलायन भयो या बन्दूक समाउन बाध्य भयो ।
यो सबको उपलब्धि के? त्यो युद्धकाल थियो, अब पछाडी फर्किनु अर्थ पनि रहेन। त्यो बहसको अर्थ पनि रहेन जो पीडा थियो त्यसलाई हामी नेपालीहरुले पचाई सकेका छौं । त्यो कहाली लाग्दो समय पछि देशमा परिवर्तन हुन्छ भन्ने मान्यता थियो । खोइ त आज के हुँदै छ?
अनेक बहाना बाजी सगै देशको विकास संग खेलवाड मात्र भएको छ। कहिले भूकम्पको नाममा जनता भ्रमित पारियो त ,कहिले बाढी पीडितको नाममा । विभिन्न प्रकारका सहयोगहरु सबै राजनीतिक दलहरुको बीचमा पालो गरी गरी भागबन्डा भयो । सोझा सिधा जनतालाई सधै गरिबी झुटो आश्वासन भन्दा अरू केही मिलेन।

यत्रो परिवर्तन गर्ने देशवासीहरु आज पनि एकछाक खाना खुल्ला आकाशमुनि सडक खोज्नु पर्ने अवस्था छ।तिनै देशवासीलाई बन्दूक समाउन बाध्य बनाएर देशलाई अन्योलमा लानेहरू आज आलिसान घर ,गाड़ी सबै थोकबाट परिपूर्ण छन् । न त देश परदेशमा रहेका नेपालीहरुको चिन्ता छ, नत देश विकासको नै । यसलाई राजनीतिक क्राइम भन्ने की, के भन्ने?

अब त केही होला भन्यो,फेरि उस्तै।अहिलेको अवस्था हेर्ने हो भने त झन पीडादायी देखिन्छ । पार्टी एकताको नाम जोडेर देशवासी माथि जुन खेल खेलिएको थियो,यस विषयले झन जटिलता उत्पन्न भएको छ । अहिलेको अवस्थामा हेर्दा पार्टी एकताको कुनै अर्थ नरहेको देखिन्छ।वली, माधव, वामदेव हुन वा प्रचण्ड आफ्नो पदको लडाइँ भन्दा अरु तिर ध्यान दिएको अवस्था छैन। खाली गुट उपगुट भन्दा अरु केही देख्न सकिएन यो तीन वर्षमा।

यिनै कुराले पनि प्रष्ट बुझिएको छ, यहाँ देश र जनताको लागि होइन आफ्नो निजी फाइदाको लागि मात्र संघर्ष भएको छ । देशवासी जनताहरू हामी सबै मिलेर यस्तो दुई तिहाई बहुमत दिनुको अर्थ के भो त? अब पनि यसरी नै राजनीतिक परिवेश बढ्दै जाने हो भने देशमा रोग, भोक, शोक, गरिबी , बेरोजगारी परनिर्भरता भन्दा अरू बाँकी के नै होला र !

दिनहुँ विदेशिने युवाशक्तिलाइ रोक्ने प्रयास पनि केही भएको छैन । बरु उल्टै परदेशिनु पर्ने बाध्यात्मक अवस्था सिर्जना गरिएको छ । यो अवस्थाले कुन रूप लिने हो भन्न सकिने अवस्था छैन । नेपालमा रहेका केही जनशक्तिलाई पनि पार्टीको झोला बोकाई आफ्नै लागि सञ्चालन गरेको देखिन्छ। अहिलेको अवस्थामा झन आफ्नो मतलब पूरा नहुँदा पार्टी जो फुटाएर आफ्नो लागि मात्र राजनीति गरेको स्पष्ट भएको छ।

सबै कुरा नियाल्दै जाँदा हर संभव नेपाली राजनीतिले देश र जनतालाई प्रत्यक्ष रूपमा सधै आफ्नो फाइदाको लागि देश र विदेशमा रहेका सबैलाई धोखामा राखेको पाइन्छ अर्थात् यसलाई राजनीतिक क्राइमका रूपमा पनि लिन सकिन्छ।

नारायण कोइराला
तानसेन पाल्पा
हाल यूएई


सम्बन्धित शीर्षकहरु

जलीब अल-शुयुख क्षेत्रमा विलासी सवारी साधनहरूको लापरवाह ड्राइभिङको घटना पछि धेरै एसियाली प्रवासीहरूलाई देश निकाला गरिएको समाचार आज को अरब…

गुलाम नवी मन्सुर- कुवेतस्थित नेपाली दूतावासले विगत वर्षहरूमा कुवेतमा विभिन्न कारणले ज्यान गुमाएका तथा कार्यस्थलमा दुर्घटनामा परी घाइते भएका ७८…

साउदी नेतृत्वको गठबन्धनले यमनको हद्रामौतस्थित बन्दरगाह सहर मुकाल्ला मा हवाई आक्रमण गरेको बताएको छ। गठबन्धनका अनुसार युएईको फुजैराह बन्दरगाहबाट आएका…

प्रतिकृयाहरू
...