Tuesday 30th December 2025

कुवेतमा कोरोना विरुद्दको भ्याक्सिन(खोप) २४ डिसेम्बरबाट शुरु हुने


हरि कृष्ण न्यौपाने- कुवेतमा कोरोना (कोभिड-१९) विरुद्धको भ्याक्सिन(खोप) डिसेम्बर-२४,बिहिबार २०२०का दिनबाट शुरु गरिने भएको छ।यसरी दिईने भ्याक्सिनको नाम फाइजर(Pfizer)हो भने यसको प्रभाबकारिता ९५ प्रतिशत हुने छ।

कुवेतको अनलाइन पोर्टल द टाइम्स कुवेतले भनेको छ”कुवेतका स्वास्थ्य मन्त्री शेख डाक्टर बसिल अल सभा (Shaikh Dr. Basil Al Sabah)का अनुसार कुवेतको मिसिला स्थित एक्जिबिशन हलको हल नं-५ बाट कोरोना विरूद्धको भ्याक्सिन २४ डिसेम्बरबाट लगाउन शुरु गरिने छ। १६ बर्ष भन्दा तलका ब्यक्तिलाई यो भ्याक्सिन दिईने छैन भने ६५ बर्ष माथिका बृद्ध-वृद्धालाई र फ्रन्ट लाइनमा काम गर्ने ब्यक्तिलाई प्राथमिकताका साथ यो भ्याक्सिन दिईने छ।”

२१ दिनको फरकमा २ पटक दिईने यो खोप(भ्याक्सिन)का लागि कुवेत सरकारको स्वास्थ्य मन्त्रालयले दिएको लिंकबाट हाल सम्म ७३ हजार मानिसले नाम रजिस्टर गरेका छन साथै कोभिड विरुद्ध दिईने यो भ्याक्सिनका लागि कुवेतको जाहरा र अहमदीबाट पनि सेवा बिस्तार गर्ने जनाइको छ।
तपाईं पनि कोरोना(कोभिड-१९) विरुद्ध भ्याक्सिन(खोप)लगाउन चाहनु हुन्छ भने तलको लिंकमा क्लिक गरेर आफ्नो बिबरण भरी नाम रजिस्टर गर्न सक्नु हुनेछ।

https://cov19vaccine.moh.gov.kw/SPCMS/CVD_19_Vaccine_Registration.aspx
cov19vaccine.moh.gov.kw
cov19vaccine.moh.gov.kw


सम्बन्धित शीर्षकहरु

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख बेगम खालिदा जियाको निधन भएको छ । आज बिहान ६ बजे ८०…

गुरुङ समुदायको नयाँ वर्षका रूपमा मनाइने तमु ल्होसार आज देशभर विविध कार्यक्रमसहित मनाइँदैछ । पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको…

परिवर्तित राजनीतिक परिस्थितिमा नयाँ वैकल्पिक शक्ति निर्माण गर्ने साझा लक्ष्यसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच सोमबार एकतासम्बन्धी…

प्रतिकृयाहरू
...