Wednesday 8th April 2026

कुवेतमा कोरोना विरुद्दको भ्याक्सिन(खोप) २४ डिसेम्बरबाट शुरु हुने


हरि कृष्ण न्यौपाने- कुवेतमा कोरोना (कोभिड-१९) विरुद्धको भ्याक्सिन(खोप) डिसेम्बर-२४,बिहिबार २०२०का दिनबाट शुरु गरिने भएको छ।यसरी दिईने भ्याक्सिनको नाम फाइजर(Pfizer)हो भने यसको प्रभाबकारिता ९५ प्रतिशत हुने छ।

कुवेतको अनलाइन पोर्टल द टाइम्स कुवेतले भनेको छ”कुवेतका स्वास्थ्य मन्त्री शेख डाक्टर बसिल अल सभा (Shaikh Dr. Basil Al Sabah)का अनुसार कुवेतको मिसिला स्थित एक्जिबिशन हलको हल नं-५ बाट कोरोना विरूद्धको भ्याक्सिन २४ डिसेम्बरबाट लगाउन शुरु गरिने छ। १६ बर्ष भन्दा तलका ब्यक्तिलाई यो भ्याक्सिन दिईने छैन भने ६५ बर्ष माथिका बृद्ध-वृद्धालाई र फ्रन्ट लाइनमा काम गर्ने ब्यक्तिलाई प्राथमिकताका साथ यो भ्याक्सिन दिईने छ।”

२१ दिनको फरकमा २ पटक दिईने यो खोप(भ्याक्सिन)का लागि कुवेत सरकारको स्वास्थ्य मन्त्रालयले दिएको लिंकबाट हाल सम्म ७३ हजार मानिसले नाम रजिस्टर गरेका छन साथै कोभिड विरुद्ध दिईने यो भ्याक्सिनका लागि कुवेतको जाहरा र अहमदीबाट पनि सेवा बिस्तार गर्ने जनाइको छ।
तपाईं पनि कोरोना(कोभिड-१९) विरुद्ध भ्याक्सिन(खोप)लगाउन चाहनु हुन्छ भने तलको लिंकमा क्लिक गरेर आफ्नो बिबरण भरी नाम रजिस्टर गर्न सक्नु हुनेछ।

https://cov19vaccine.moh.gov.kw/SPCMS/CVD_19_Vaccine_Registration.aspx
cov19vaccine.moh.gov.kw
cov19vaccine.moh.gov.kw


सम्बन्धित शीर्षकहरु

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

कुवेतको विद्युत, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले अप्रिल ५ देखि ११, २०२६ सम्म देशका विभिन्न क्षेत्रमा प्रत्येक दिन ४ घण्टाको…

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

प्रतिकृयाहरू
...