Tuesday 30th December 2025

ब्यङ्ग्य कविताः नेताको धोती – नारायण कोइराला


नयाँ र पुरानोको कुरा नगरौं अब त धोती फुस्काए
जनताले धोती लगाई दिएपनि झन बढी खुस्काए
जनता नयाँ धोती लगाई दिन्छन्न फुस्कने गरी
यिनीहरू नाङ्गो हुन खोज्छन् पागल जस्तो गरी ।

धोती फुस्कियका पनि फेरि लाउन पर्ने
आफैले थुकी आफ्नो मुखमा थुक पर्दा पनि
फेरि त्यही थुक चाट्ने फुस्कियो यिनीहरूको धोती
समालिन्न अब त जनताले पनि सोच्नु पर्छ
लाज श्रम बेचेकालाई अब धिकार्नु पर्छ
हलो काटी मुग्रो बनाउने कस्तो यो अवस्था
आफूले जो भनेको हुनुपर्ने व्यवस्था ।

प्रधानमन्त्री बाजा बझाउने कस्तो यो चलन
राष्ट्रपति फेरि कस्तो त्यसैमा नाच्ने
एउटा धोती फुस्काउनी अर्को इज्जत लुट्ने
अनि अरू भरौटे त्यसको पछि कुद्ने ।

न बहुमत चलो न इज्जत रहयो
यिनको धोती अब पूरा खोलियो
अब पनि धोती समाल्न युवा लागे भने
एक चम्चा पानीमा डुबेर मरे जस्तो भयो ।।

नारायण कोइराला
तानसेन पाल्पा
हाल, यूएई ।


सम्बन्धित शीर्षकहरु

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख बेगम खालिदा जियाको निधन भएको छ । आज बिहान ६ बजे ८०…

गुरुङ समुदायको नयाँ वर्षका रूपमा मनाइने तमु ल्होसार आज देशभर विविध कार्यक्रमसहित मनाइँदैछ । पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको…

परिवर्तित राजनीतिक परिस्थितिमा नयाँ वैकल्पिक शक्ति निर्माण गर्ने साझा लक्ष्यसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच सोमबार एकतासम्बन्धी…

प्रतिकृयाहरू
...