Tuesday 20th January 2026

नेकपाको प्रचण्ड-नेपाल समुहले ओलीलाइ हटाएर माधब नेपाललाइ अध्यक्ष बनायो


तीतोपाटी – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड – माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकले केपी ओलीलाई अध्यक्षबाट हटाउँदै माधव नेपाललाई नयाँ अध्यक्षमा चयन गरेको छ।

ओलीलाई अनुशासनको कारवाही गर्दै उनलाई पदबाट हटाइएको हो। वरिष्ठ नेता झलनाथ खनालले नेपाललाई अध्यक्षका लागि प्रस्ताव गरेपछि केन्द्रीय कमिटीले बहुमतले उक्त प्रस्ताव बहुमतले पारित गरेको थियो।  यो सँगै पुष्पकमल दाहाल र नेपाल दुई अध्यक्ष रहने छन्।

ओलीले संसद भंग गरे लगत्तै बसेको नेकपा स्थायी कमिटी बैठकले उनलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो।

त्यसै गरि बैठकले पार्टीका नेता कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाउने प्रस्ताव पनि पारित गरेको छ ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...