Saturday 11th April 2026

कविताः धरा रुँदैछिन् – छन्द: स्रग्धरा -हरि शर्मा (गलकोटे कवि)


वर्ण-२१,  विश्राम ७,७,७ > 🌷🙏🌺

कोरोनाले सतायो, हरबखत डुब्यौँ, दु:खमा वेदनामा
पाखण्डीले डुबायो, विरुत विरहको, तालमा पोखरीमा
नानाभाँती गरायो, खलखल पसिना, देहमा ताडनामा
डाँडापाखा रुँदैछन्, धुरुधुरु विचरा, शान्तिको कामनामा ।१।🌷🙏🌺

कोरोनाको चपेटा, कहर शहरमा, गाउँमा वेदनामा
आशा त्यान्द्रो हरायो,झन झन थपियो, कष्ट यो जीवनीमा
माता देवी पुकारे हरहर जनले, दु:खको भूमरीमा
नेता मस्ती गरेका, अटुट कपटको, आडमा उच्चतामा ।२।🌷🙏🌺

पापी नेता कुकर्मी, अनुसरण गरे, दानवी भावनाको
सत्यानाशै गरेका, कुमति असुरले ,सभ्यता भव्यताको
ताराबाजी भएको,अपुग रहरको, जीवनी कल्पनाको
कालो कौवा करायो, अपशकुन भनी, दुर्दशा दुष्टताको ।३।🌷🙏🌺

आफ्ना मान्छे लिएका, सबल प्रमुखको, कार्यमा भूमिकामा
सालासाली रमाए,अकुत रकमको, मातमा दुष्टतामा
कुम्ल्याएका प्रशस्तै हरसमय लुटी, साथमा धृष्टतामा
रोएका छन् बिरामी, सडक सडकमा,चोकमा ताडनामा ।४।🌷🙏🌺

जानाजानी कसैले,कुटपिट नगरौँ, देशको भावनामा
आनीबानी सुधारौँ,प्रतिदिन घरमा,राष्ट्रको शुध्दतामा
आशा बोकी सुनौलो,झटपट पथमा, लम्किँदै कामनामा
नेपालीको कसैले, अपहरण नगरौँ, शान्तिको चाहनामा ।५।🌷🙏🌺

हरि शर्मा
मिशिगन, अमेरिका ।🌷🙏🌺


सम्बन्धित शीर्षकहरु

डिआइजी (DIG) र प्रमुख जिल्ला अधिकारी (CDO) को बरियतासम्बन्धी बहस अहिले केवल पदको सम्मानको विषय मात्र रहेन, यो राज्य संयन्त्रको…

होर्मुज जलडमरूमध्यबारे इरानले “नयाँ चरण” मा जाने संकेत गर्नु केवल भाषण मात्र होइन, क्षेत्रीय कूटनीति र विश्व ऊर्जा बजारलाई सीधा…

इजरायली सेनाले दक्षिण लेबनानमा हिज्बुल्लाहका “सैन्य ठेगाना” र रकेट लन्च साइटहरूलाई लक्षित गर्दै ठूलो हवाई हमला गरेको जनाएको छ। इजरायलले…

प्रतिकृयाहरू
...