Wednesday 31st December 2025

कविताः धरा रुँदैछिन् – छन्द: स्रग्धरा -हरि शर्मा (गलकोटे कवि)


वर्ण-२१,  विश्राम ७,७,७ > 🌷🙏🌺

कोरोनाले सतायो, हरबखत डुब्यौँ, दु:खमा वेदनामा
पाखण्डीले डुबायो, विरुत विरहको, तालमा पोखरीमा
नानाभाँती गरायो, खलखल पसिना, देहमा ताडनामा
डाँडापाखा रुँदैछन्, धुरुधुरु विचरा, शान्तिको कामनामा ।१।🌷🙏🌺

कोरोनाको चपेटा, कहर शहरमा, गाउँमा वेदनामा
आशा त्यान्द्रो हरायो,झन झन थपियो, कष्ट यो जीवनीमा
माता देवी पुकारे हरहर जनले, दु:खको भूमरीमा
नेता मस्ती गरेका, अटुट कपटको, आडमा उच्चतामा ।२।🌷🙏🌺

पापी नेता कुकर्मी, अनुसरण गरे, दानवी भावनाको
सत्यानाशै गरेका, कुमति असुरले ,सभ्यता भव्यताको
ताराबाजी भएको,अपुग रहरको, जीवनी कल्पनाको
कालो कौवा करायो, अपशकुन भनी, दुर्दशा दुष्टताको ।३।🌷🙏🌺

आफ्ना मान्छे लिएका, सबल प्रमुखको, कार्यमा भूमिकामा
सालासाली रमाए,अकुत रकमको, मातमा दुष्टतामा
कुम्ल्याएका प्रशस्तै हरसमय लुटी, साथमा धृष्टतामा
रोएका छन् बिरामी, सडक सडकमा,चोकमा ताडनामा ।४।🌷🙏🌺

जानाजानी कसैले,कुटपिट नगरौँ, देशको भावनामा
आनीबानी सुधारौँ,प्रतिदिन घरमा,राष्ट्रको शुध्दतामा
आशा बोकी सुनौलो,झटपट पथमा, लम्किँदै कामनामा
नेपालीको कसैले, अपहरण नगरौँ, शान्तिको चाहनामा ।५।🌷🙏🌺

हरि शर्मा
मिशिगन, अमेरिका ।🌷🙏🌺


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर- कुवेतस्थित नेपाली दूतावासले विगत वर्षहरूमा कुवेतमा विभिन्न कारणले ज्यान गुमाएका तथा कार्यस्थलमा दुर्घटनामा परी घाइते भएका ७८…

साउदी नेतृत्वको गठबन्धनले यमनको हद्रामौतस्थित बन्दरगाह सहर मुकाल्ला मा हवाई आक्रमण गरेको बताएको छ। गठबन्धनका अनुसार युएईको फुजैराह बन्दरगाहबाट आएका…

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख बेगम खालिदा जियाको निधन भएको छ । आज बिहान ६ बजे ८०…

प्रतिकृयाहरू
...