Thursday 29th October 2026

नम्रता श्रेष्ठ बनिन् “मिस नेपाल वर्ल्ड २०२०”


तीतोपाटी – “मिस नेपाल वर्ल्ड २०२०” को उपाधि नम्रता श्रेष्ठले जितेकी छन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा २० प्रतिस्पर्धीलाई पछि पार्दै श्रेष्ठले मिस नेपालको २६ औं संस्करणमा उपाधि हात पारेकी हुन् । उनलाई ‘मिस नेपाल वर्ल्ड २०१९’की अनुष्का श्रेष्ठले ताज पहिराएकी हुन् ।

किन्डरगार्टेन शिक्षिका रहेकी नम्रता अन्तिम ६ प्रतिस्पर्धीलाई एउटा प्रश्नमा पछाडि पार्दै मिस नेपालको टाइटल हात पारेकी हुन् । प्रतियोगितामा अन्तिम राउन्डमा कल्पना गर्नुस् तपाईं एउटा सानो ढुंगा हो, जो पोखरीमा पर्दा सुन्दर तरंग फैलिन्छ, तपाईं नेपाली महिलाको जीवनमा परिवर्तनकारी तरंग फैलाउन चाहनुहुन्छ ? भनेर प्रश्न सोधिएको थियो ।

छोरीलाई शिक्षा दिने र दाइजो प्रथा हटाउन आफू लाग्ने नम्रताले जवाफ दिएकी थिइन् । त्यस्तै, मिस नेपाल अर्थको उपाधि यस वर्ष सुप्रिया श्रेष्ठले जितेकी छिन् । मिस नेपाल इन्टरनेसनलमा चाहिँ सन्ध्या शर्मा विजयी भएकी छिन् ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी समाचार संस्था CNN ले CNN Heroes 2026 अन्तर्गत "हिरो अफ द इयर" छनोटका लागि अनलाइन मतदान सुरु गरेको छ।…

तेलअभिभ — इजरायलका पूर्वप्रधानमन्त्री तथा ‘टुगेदर’ पार्टीका नेता नफ्ताली बेनेटले बेन्जामिन नेतान्याहूले चुनावमा पराजय बेहोरेको दाबी गर्दै नयाँ सरकार गठनका…

अमेरिकाले नोभेम्बर ३, २०२६ मा हुने मध्यावधि चुनावपछि इरानमाथि पुनः ठूलो सैन्य हमला गर्न सक्ने खबर सार्वजनिक भएपछि खाडी क्षेत्रमा…

प्रतिकृयाहरू
...