Thursday 20th August 2026

नम्रता श्रेष्ठ बनिन् “मिस नेपाल वर्ल्ड २०२०”


तीतोपाटी – “मिस नेपाल वर्ल्ड २०२०” को उपाधि नम्रता श्रेष्ठले जितेकी छन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा २० प्रतिस्पर्धीलाई पछि पार्दै श्रेष्ठले मिस नेपालको २६ औं संस्करणमा उपाधि हात पारेकी हुन् । उनलाई ‘मिस नेपाल वर्ल्ड २०१९’की अनुष्का श्रेष्ठले ताज पहिराएकी हुन् ।

किन्डरगार्टेन शिक्षिका रहेकी नम्रता अन्तिम ६ प्रतिस्पर्धीलाई एउटा प्रश्नमा पछाडि पार्दै मिस नेपालको टाइटल हात पारेकी हुन् । प्रतियोगितामा अन्तिम राउन्डमा कल्पना गर्नुस् तपाईं एउटा सानो ढुंगा हो, जो पोखरीमा पर्दा सुन्दर तरंग फैलिन्छ, तपाईं नेपाली महिलाको जीवनमा परिवर्तनकारी तरंग फैलाउन चाहनुहुन्छ ? भनेर प्रश्न सोधिएको थियो ।

छोरीलाई शिक्षा दिने र दाइजो प्रथा हटाउन आफू लाग्ने नम्रताले जवाफ दिएकी थिइन् । त्यस्तै, मिस नेपाल अर्थको उपाधि यस वर्ष सुप्रिया श्रेष्ठले जितेकी छिन् । मिस नेपाल इन्टरनेसनलमा चाहिँ सन्ध्या शर्मा विजयी भएकी छिन् ।


सम्बन्धित शीर्षकहरु

कुवेतको गृह मन्त्रालयअन्तर्गत लागूऔषध नियन्त्रणसम्बन्धी महानिर्देशनालयले देशभर सञ्चालन गरेको विशेष सुरक्षा तथा निगरानी अभियानका क्रममा विभिन्न राष्ट्रियताका २२ जना संदिग्धलाई…

दमास्कस — सिरियाको पूर्व राष्ट्रपति बशर अल–असदको शासनकालमा सञ्चालन भएको भनिएको गोप्य परमाणु कार्यक्रमसँग सम्बन्धित एउटा पहिले घोषणा नगरिएको स्थानमा…

काठमाडौं — लामो समयदेखि न्यून पारिश्रमिक, असमान सेवा–सुविधा र सरकारी प्राथमिकतामा आफूहरू पछाडि परेको गुनासो गर्दै आएका सामुदायिक विद्यालयका प्रारम्भिक…

प्रतिकृयाहरू
...