Thursday 29th October 2026

मलेसिया सरकारले विदेशी श्रमिकलाइ तत्काल लेभि नलगाउने


तीतोपाटी – मलेसिया सरकारले विदेशी श्रमिकलाइ तत्काल लेभि नलगाउने गरि लेभी सम्वन्धमा नयाँ घोषणा गरेको छ । त्यहाँको सरकारे आगामी जनवरी देखि लागु गर्ने तयारी गरेको लेभी सम्वन्धि नयाँ व्यवस्थालाई जुलाई १, २०२१ सम्मका लागि लागु नगर्ने घोषणा गरेको हो ।

मलेशियाका गृहमन्त्री हमजाह जैनुद्दिनको भनाइ उधृत गर्दै कोभिड १९ का कारण रोजगारदातालाई परेको समस्याका कारण लेभी सम्वन्धि नयाँ व्यवस्था लागु गर्न ६ महिनाको समय पछि सारिएको तथा यसैगरी विभिन्न चरणमा लगाउने तयारी गरिएको लेभी सम्वन्धि व्यवस्थामा पनि परिवर्तन गर्ने तयारी रहेको त्यहाँको सरकारी सञ्चार माध्यम बनर्माले जनाएको छ ।

मलेशियाले विदेशी श्रमिकको संख्यालाई कम गर्दै मलेशियन नागरिकलाई नै आन्तरिक रोजगारीमा संलग्न गराउने उद्देश्यले लेभी सम्वन्धि नीतिलार्ई कडा बनाउने तयारी गरेको छ । श्रमिकले लेभी तिर्नु नपर्ने व्यवस्था गरेको सरकारले रोजगारदाताले भनें चर्को लेभी तिर्नुपर्ने व्यवस्था गर्न खोजेको छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी समाचार संस्था CNN ले CNN Heroes 2026 अन्तर्गत "हिरो अफ द इयर" छनोटका लागि अनलाइन मतदान सुरु गरेको छ।…

तेलअभिभ — इजरायलका पूर्वप्रधानमन्त्री तथा ‘टुगेदर’ पार्टीका नेता नफ्ताली बेनेटले बेन्जामिन नेतान्याहूले चुनावमा पराजय बेहोरेको दाबी गर्दै नयाँ सरकार गठनका…

अमेरिकाले नोभेम्बर ३, २०२६ मा हुने मध्यावधि चुनावपछि इरानमाथि पुनः ठूलो सैन्य हमला गर्न सक्ने खबर सार्वजनिक भएपछि खाडी क्षेत्रमा…

प्रतिकृयाहरू
...