Sunday 2nd August 2026

चर्चित फुटबलर डिएगाे म्याराडोनाको ६० वर्षको उमेरमा हृदयाघातका कारण निधन


तीतोपाटी – चर्चित फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको छ । गत नोभेम्बरमा मात्र अर्जेन्टिनाका पूर्वमिडफिल्डर तथा पूर्वम्यानेजरको मस्तिष्कको अपरेशन गरिएको थियो । अर्जेन्टिनाका भूतपूर्व मिडफिल्डर एवं प्रबन्धक समेत रहेका म्याराडोनाको अल्कोहल डिपेन्डेन्सी सम्बन्धी समस्याको उपचार गर्ने तयारी गरिएको थियो ।

सन् १९८६ को विश्व विजेता अर्जेन्टिनी टोलीका कप्तान रहेका म्याराडोनाले सो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए । फुटबलका फादर भनेर चिनिने पेले पछि दोश्रो महान खेलाडीको रूपमा चिनिएका उनी आफ्नो खेलाडी जीवन कालभर सर्वश्रेष्ठ खेलाडीको रूपमा चिनिए । चारवटा विश्वकपमा अर्जेन्टिनाको प्रतिनिधित्व गरेका म्याराडोनाले अर्जेन्टिाका लागि ९१ खेलमा ३४ गोल गरेका थिए ।

म्याराडोनाले क्लबस्तरमा बार्सिलोना र नापोलीबाट फुटबल खेलेका थिए । खेलाडीकालमा सर्वाधिक महंगा खेलाडीको रूपमा रहेका उनले इटालियन टोलीबाट दुईवटा सिरिए ए उपाधि समेत जितेका थिए ।

म्याराडोनाको मृत्यु पछि आर्जेन्टिनाका राष्ट्रपतिले तीन दिनको राष्ट्रिय शोकको घोषणा गरेका छन्।


सम्बन्धित शीर्षकहरु

कुवेत सरकारले विदेशीहरूको बसोबाससम्बन्धी नियममा संशोधन गर्दै भिजिट (Visit) भिसालाई नियमित रेसिडेन्सी (Iqama) मा रूपान्तरण गर्न १५० कुवेती दिनार (KD…

युरोपको सीमामा पछिल्ला दिनहरूमा देखिएको ठूलो दबाब केवल युक्रेन वा रुसका कारण होइन, अफ्रिकाबाट आउने आप्रवासनले पनि नयाँ चुनौती थपेको…

कुवेत सरकारले जलेब अल-शुयुख क्षेत्रमा सञ्चालन गरेको व्यापक सुरक्षा अभियानका क्रममा सुरक्षा कारणले खोजिएका तथा आवास (रेजिडेन्सी) र श्रम कानुन…

प्रतिकृयाहरू
...