Monday 12th January 2026

१३ महिने शिशु सियोना बचाउन कुवेतबाट आर्थिक सहयोग


तीतोपाटी – कुवेतको अलघानिम इन्डस्ट्रीमा कार्यारत २९ जना नेपाली युवाहरूको समुहले एकदमै दुर्लभ किसिमको रोगबाट पीडित १३ महिनाकी दुधे बालिका सियोना श्रेष्ठको उपचारार्थ आर्थिक सहयोग गरेको छ । ति युवाहरूले स्वस्फुर्त रूपमा एकापसमा रकम संकलन गरि नेपाली रूपैयाँ रू.२३७५९।५४ अक्षेरूपी तेइस हजार सात सय उनन्साठी रूपैया चाैवन्न पैसा सियोना श्रेष्ठको नाममा खोलिएको वैंक खातामा जम्मा गराएका हुन् ।

केहि समय अघि सियोनालाइ एकदमै दुर्लभ किसिमको स्पाइनल मस्कुलर एट्रोफी (Spinal Muscular Atrophy) नामको रोग लागेको र उनको उपचारको लागि २५ करोड भन्दा बढि नेपाली रूपैयाँ लाग्ने भन्दै सामाजिक सञ्जालमा खबरहरू सार्वजनिक भएपछि देश विदेशबाट सियोना बचाउ अभियान शुरू भएको हो ।

सियोनाको मेरूदण्ड सम्बन्धि रोगको उपचार गर्न निकै खर्चिलो हुने विषय सार्वजनिक भए पछि हाल संसार भरबाट मानिसहरूले सियोना बचाउनको लागि रकम संकलन गरि सहयोग गरिरहेका छन् भने कुवेतमा पनि विभिन्न व्यक्तिले फरक फरक रूपमा रकम संकलन गरि उपचारार्थ सहयोग पठाएका छन् ।

स्पाइनल मस्कुलर एट्रोफी एक अनुवांशिक असन्तुलन हो । यो रोगले मांसपेसीलाइ कम्जोर बनाउँछ र समयमै उपचार हुन नसके रोगीको ज्यान जान्छ ।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...