Tuesday 17th March 2026

लमजुङकी जमुना बिकको कुवेतमा भारतीय प्रेमीद्वारा हत्या


हरि कृष्ण न्यौपाने- लम्जुङ घर भई केही समय देखि कुवेतमा कार्यरत लम्जुङककी जमुना बिकको कुवेतमा हत्या भएको छ। जमुनालाई उनकै भारतीय प्रेमीले अक्टोबर २१ तारिक, बुधबार-२०२० का दिन आफ्नै कोठामा हत्या गरेका हुन।

अरबटाइम्समा प्रकाशित समाचारमा भनिएको छ”अर्को पुरुषसंग जमुनाको सम्बन्ध रहेको कारण भारतीय प्रेमीले उनको हत्या गरेका हुन।आफ्नै कोठामा सिरानीले मुख थुनेर जमुनाको हत्या गरिएको समाचारमा जनाइएको छ।मृतकको शरिरमा कुनै निलडाम नदेखिए पनि उनीहरु बिच झगडा भएको छिमेकीले बताए पछि कुवेत प्रहरीले जमुनाको प्रेमीलाइ पक्राउ गरेको थियो भने प्रहरीको केरकार पछि ती भारतीय नागरिकले आफुले हत्या गरेको स्विकारेका छन।

उक्त घटनाको सम्बन्धमा नेपाली राजदूतावास कुवेतका द्वितिय सचिब श्रीकृष्ण सिलवालले भने, ” हत्या भएकी नेपाली महिला लम्जुङ घर भएकी जमुना बिक भएको पुष्टि भएको छ।” सिलवालले थपेफ ” मृतकको विवरण हेर्दा उनी भारतको बाटो हुँदै आएको देखिएको छ। उनले श्रम गरेर आएको कुनै अभिलेख देखिदैन, कुनै कागजात नभएकोले पूरा विवरण भने पाउन सकिएको छैन।नेपाली राजदूतावाससंग मृतकको परिवारका सदस्यहरुको सम्पर्क भैसकेको हुनाले सम्बन्धित निकायहरुसंग समन्वय गरेर कानुनी प्रकृयामा दूतावास लागि सकेको छ।”


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगारीको शिलशिलामा मध्यपूर्वको देश साउदी अरेविया पुगेका दोलखाका तिलक बहादुर थामी अहिले मृगौला पीडित बनि स्वदेश फर्केका छन् भने…

गोरखा समाज कुवेतले नेपालका मुटुरोगीलाइ नेपाली रूपैयाँ ४२ हजार भन्दा बढी अार्थिक सहयोग गरेको छ । समाजले गोरखाका मुटुरोगी गोपाल…

प्रधानमन्त्री सुशीला कार्कीले गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष डा हेमराज शर्मालाई बधाई तथा शुभकामना व्यक्त गरेकी छन् ।…

प्रतिकृयाहरू
...