Wednesday 8th April 2026

लघुकथाः आइफोन चाहियो रे !


नारायण कोइराला – जता ततै अनलाइनवाला दशैंको चर्चा परिचर्चा छ। सबै सँग राम्रा फोन छ्न रे। एका बिहानै साथीले फोन गरे, म उठी सकेको थिइन, विस्तारामा नै थिएं।
मैले सोधें, ए! के भो?आज त बिहानै फोन गरिस् त। सबै ठीक त छ नि गाँउ तिर?
उताबाट उ बोल्यो, सब ठिक छ आफ्नो के छ त? मैले भने, मेरो पनि ठिक छ ।

अनि दशैंको के छ कार्यक्रम? मैले उसलाई सोधे । के हुनु र? यसपालीको अवस्था तँलाई पनि थाहा छ, के मनाउनु दशैं? अब गाउँ बेसी घुम्ने अवस्था पनि छैन। तँ पनि यसपाली त आउँछस् की ?भन्ने ठूलो आसा थियो।
के गर्नु आउँछु त ,भनेको होनी । अब समय जो यस्तो भयो। यस्तो अवस्थामा जबरजस्ती कसरी आउनु नी? तिमीहरू पनि बाहिर नजानु बरु अवस्था ठीक छैन।अर्को पाली आउँदा रमाइलो गरौंला।
अनि सुन्न !भोलि बेसी गाउँको कान्छो आउँदै छ, अरे नि होर ? हो नि नोकरीबाट निकाली दियो कम्पनीले, घर त आउनु पर्यो नि।पर्सी सम्म आउँछ होला। केही सहयोग गर्न परे गर्नु उसलाई।
ए!होर साथी त खुसी भयो, म पनि खुसी भए।
यसपाली त दशैं पनि फोनबाट जो मनाउनु छ।मेरो फोन पनि बिग्रिएको छ।अलि अलि के भन्न खोजेको ? कुरा बुझें मैले। घर मै छस् के भो त? म कुरा सिध्याउन खोज्दै थिए ।

उसले फेरि थप्पो:”के भो त?साथी आउँदै छ ,एउटा न्यू मोडलको आइफोन किनेर देन साथीलाई, म पनि त साथी हु नि तेरो। के भो र? म पनि आइफोनमा दसै मनाउँछु। हुन्न र?”मैले हेलो /हेलो मात्र भने।आवाज आएन भन्दै एक्छिन सुने। ऊ भन्दै थियो जाबो एउटा आइफोन भनेको नाटक गर्यो। म सुनी रहें, उसले रिसाउँदै फोन काट्यो। उसलाई के थाहा? मेरो अवस्था यहाँ के छ भनेर!

तानसेन पाल्पा
हाल यूएई


सम्बन्धित शीर्षकहरु

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

कुवेतको विद्युत, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले अप्रिल ५ देखि ११, २०२६ सम्म देशका विभिन्न क्षेत्रमा प्रत्येक दिन ४ घण्टाको…

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

प्रतिकृयाहरू
...