Tuesday 1st September 2026

कुवेतमा सवारी दुर्घटनामा २७ बर्षिया प्रज्ञा प्रधानको मृत्यु, शब आज नेपाल पठाइदै


हरि कृष्ण न्यौपाने-मेचिनगर-२,भृकुटी -झापा घर भई कुवेतमा कार्यरत २७ बर्षिय प्रज्ञा प्रधानको सबारी दुर्घटनामा मृत्यु भएको छ।अक्टोबर ०९,शुक्रबार,२०२० को राती उनी चढेको सबारी साधनलाई अर्को सबारी साधनले ठक्कर दिए पछि कुवेतको आदान अस्पताल पुर्याएकोमा शनिबार बिहान उनको मृत्यु भएको हो। प्रज्ञाको शबलाई आज अक्टोबर १५ तारिकको उडानबाट नेपाल पठाइदै छ।

जन सम्पर्क समिती कुवेतका महामन्त्री तथा मृतकका दाजु कृष्ण पौडेलले भने”अक्टोबर ०९,२०२० शुक्रबार राती डिउटीबाट फर्किने क्रममा प्रधान चढेको कम्पनिको सबारी साधनलाई अर्को सवारी साधनले ठक्कर दिएको थियो।मृतकलाई कुवेतको अदान अस्पताल पुर्याई अप्रेशन गरिए पनि अत्याधिक रक्तस्रावका कारण शनिबार बिहान उनलाई मृत घोषित गरिएको थियो।पौडेल थप्छन”मृतक प्रज्ञा र उनकी दिदी रिता माया प्रधान कामबाट फर्किदै थिए।बाटोमा उनिहरु चढेको कम्पनीको कारलाइ अर्को कारले ठक्कर दिएको र दुबै जनालाइ आदान अस्पताल लगिएकोमा प्रज्ञाको अप्रेसन गरिए पनि बचाउन सकिएन।दुर्घटनामा मृतककी दिदी रिता भने सामान्य घाइते भएकी थिईन।प्रज्ञाको शबलाई आज अक्टोबर १५ तारिक,२०२० बिहिबार बेलुकीको उडान मार्फत नेपाल लगिदैछ भने मृतकी दिदी रिता अनि कुवेतमै कार्यरत दाजु बाल कुमार प्रधान बहिनीको अन्तिम संस्कारको व्यावस्थापन गर्न यस अघि नै नेपाल पुगि सकेका छन् ।”

नेपाली राजदुतावास कुवेतका द्वितिय सचिब श्रीकृष्ण सिलवालले राहदानी नं-१०८०८७६५ भएकी प्रज्ञाको मृत्युको कारण सवारी दुर्घटना रहेको बताए।उनले भने”फोर्टिटु स्पा(4T2 SPA)कुवेतमा दुई बर्ष ६ महिना देखि कार्यरत मृतक प्रधानको परिवारका सदस्य आफ्नै दिदी र दाई कुवेतमा भएकाले उहाँहरुले नै नेपालमा शब बुझिलिने गरि शब पठाउन दुताबासले सहजिकरण गरेको हो।”


सम्बन्धित शीर्षकहरु

भारतको अर्थतन्त्र चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ७.८ प्रतिशतले बढेको छ। उत्पादन, सेवा, लगानी र निर्यातमा सुधार आउँदा आर्थिक…

रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ९८७ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका…

भोटेकोसी बाढी र पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि प्रहरीले काठमाडौं र हेटौँडा बीच चल्ने सवारीसाधनका लागि नयाँ रुट लागू…

प्रतिकृयाहरू
...