Sunday 12th April 2026

गजल- धर्मिला कार्की


हजारौंको रगत र पसिनाको बलिदान हो संविधान।
संघीय लोकतान्त्रिक राज्यको मूल बिधान हो संविधान।।

शहिद, अपाङ्ग, टुहुरा र विधवाको सम्मानको लागि।
विश्व राजनीतिमा नेपालको पहिचान हो संविधान।।

स्वतन्त्रता, अखण्डता र समान आकांक्षाको कदर गर्ने।
बहुजाति बहुभाषी नेपालीको साझा बगान हो संविधान।।

नेपालको राष्ट्रियता र सिमानाको सुरक्षा गर्नलाई।
सार्वभौमसत्ता सम्पन्न जनताको निशान हो संविधान।।

सुखी नेपाली र समृद्ध नेपालको नारा साकार बनाउने।
भ्रष्टाचार रहित सुशासनको स्वाभिमान हो संविधान।।

कागजमा मात्रै सिमित राखि कार्यान्वयन नगरेमा।
तीन सय आठ धारा नौ सूचीको एक थान हो संविधान।।

धर्मिला कार्की
महाराजगंज, काठमाडौँ


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...