Tuesday 16th April 2024

गजल -धर्मिला कार्की


पराई पनि आफ्ना हुन्छन् धन भयो भने
टाढा पनि नजिक बन्छ मन भयो भने

धन र मन को मात्रै कुरा के गर्नु हजुर
घर पनि सुन्दर देखिन्छ आँगन भयो भने

गाउँ बस्तीहरु पनि हराभरा देखिन्छन्
छेउछाउमा हरियाली रानीबन भयो भने

एकताले समृद्ध बन्ने समाज मात्र होइन
परिवार नै बलियो बन्छ पर्याप्त जन भयो भने

आजकाल आफूलाई त कुबेर झै लाग्छ हजुर
एक महिनालाई मात्रै पुग्ने रासन भयो भने

धर्मिला कार्की
महाराजगंज,काठमाडौँ


सम्बन्धित शीर्षकहरु

भियतनामको अदालतले बैंक ठगी मुद्दामा एक ६७ वर्षीया महिलालाइ मृत्यदण्डको फैसला सुनाएको छ । ट्रुङ मी लान नाम गरेकी ति…

मुस्लिम धर्माबलम्बीहरूको महान पर्व ईद आज हर्षोल्लासका साथ मनाइँदैछ्। एक महिनासम्म रोजा गरेर सकिए पछि आज ईद मनाइँदै छ। रमदान…

"पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार"भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग…

प्रतिकृयाहरू
...