Friday 16th January 2026

कविता- नरमाइलो दशै


यसपालि दशैमा
कती ठूलो आस थियो
मनको सबै कुराहरू
कवितामा लेख्नु पर्यो।।

चोक अनि चौपारीमा
रमाउने मन थियो
रातो टिका निधारमा
जमरा कानभरी।।

सबै जम्मा भएर
हल्ला गर्ने गाँउ भरी
खोर्खोरे खेल्ने अनि
हार्ने जित्ने रमाइलो।।

बुढापाका तास खेल्छन्
हेर्न कती रमाइलो
आशिर्बाद दिनु भनि
गाँउ भरी घुम्नु थियो।।

कति पैसा भयो भनी
लुकी लुकी हेर्नु थियो
गाँउ भरी घुमेर पिंग
पनि खेल्नु थियो।।
यी सबै आशाहरु
सपना भइदिए
यसपाली घरमै बसी
दशै मनाउन पर्ने भयो।।
-नारायण कोइराला
तानसेन पाल्पा
हाल- यूएई


सम्बन्धित शीर्षकहरु

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

प्रतिकृयाहरू
...