Thursday 8th October 2026

कविता – कोरोना भगाऔ


तितोपाटी-

ए नानी मालती
बाल साँझमा आरती
भगाउनु छ कोरोना
खाएर बेसार कागती

हजुरआमा नाती
एकअर्काको साथी
घरमै बस्नु जाती
नडुलौ बाहिर त्यति
खाँउ गुर्जो अदुवा मेथी
भगाउनु छ कोरोना
खाएर बेसार कागती

समस्या हो यो विश्वकै
परेको छ विपत्ति
धैर्य साहस बटुलेर
समाजका लागि जुटेर
बचाई राखौ सन्तति
भगाउनु छ कोरोना
खाएर बेसार कागती

कुसंस्कार हटाई
जोगाउनु छ संस्कृति
राखौ सद्भाव सबैमा
अनि हुन्छ उन्नति
बाँचौ बचाऔं जिन्दगी
राखी धितो बन्धकी
कर्म गरेर फेरि कमाइएला सम्पती
मिलेर बसौ दम्पत्ती
भगाउनु छ कोरोना
खाएर बेसार र कागती

मास्क पन्जा लगाएर गरौ बातचित
भौतिक दुरी कायम गरौं लगाएर प्रित
साबुन पानीले हात धोएँ सबलाई हुन्छ हित
भगाउनु छ कोरोना खाएर बेसार कागती

आत्महत्या कसैले नगरोस्
भोकमरिले कोही पनि नमरोस्
सरकारको नजर सबै तिर एकै होस्
बढाऔं सहयोगी हात
दिएर एकअर्कालाई साथ
पढौँ मानवताको पाठ
भगाउनु छ कोरोना खाएर बेसार कागती

दया माया बराबर
पशुपन्छी जलाचार
सुन्दर सिर्जना हरेक
जगतका सन्तति
सत्य एक हो प्रकृति
भगाउनु छ कोरोना खाएर बेसार कागती

ज्ञानलाई आदर विज्ञानलाई सम्मान
बैज्ञानिक डाक्टरलाई नमन
नगरौ है कसैलाई अपमान
सोचौ खोजौं काम गरौ नआति
पत्ता लाग्छ एकदिन ओखती
भगाउनु छ कोरोना खाएर बेसार कागती

धर्मिला कार्की चिशंखुगढी -३ ओखलढुंगा
हाल: महाराजगंज काठमाडौँ


सम्बन्धित शीर्षकहरु

अमेरिकामा मृत्युदण्ड पाएकी क्रिस्टा पाइक नामकी महिला असफल मृत्युदण्ड प्रयासपछि अस्पतालमा होसमा आएकी छन्। उनका वकिलका अनुसार होस खुल्दा उनी…

पूर्वी जेरुसेलममा रहेको बेलायतको वाणिज्य दूतावास बन्द गर्ने इजरायलको निर्णयपछि दुवै देशबीच कूटनीतिक विवाद बढेको छ। इजरायलले कन्सुल जनरलसहित २०…

अमेरिकी संसदअन्तर्गतको कंग्रेसनल रिसर्च सर्भिस (CRS) को नयाँ प्रतिवेदनअनुसार, इरानसँगको युद्धमा अमेरिकाका ८१ वटा सैन्य विमान, हेलिकोप्टर र ड्रोन नष्ट…

प्रतिकृयाहरू
...