Thursday 8th October 2026

कविता- दोषी म


तितोपाटी- हजारौँ मानिसको संसारमा
मैले एक्लोपनाको महसुस गरे
न त राम्रो हेरचाह नै पाए न त कसैको माया
साथ त दिँदैनथे कसैले पनि तर देखाउनको
लागि सबैले गर्थे दया।

आफ्नो भन्ने त कोही थिएन
देखावटीका लागि आफ्नो भन्ने जस्ता मात्र थिए
उपाय पनि हरेक परिस्थितिका सामु
एक्लै जुटिरहने बाहेक केही थिएन
जिबनमा केहि गरेर अघि बढ्छु भन्दा त
कसैले “बिचरी” यसले के गर्न सक्ली र!
भन्ने साथ मेरो हिम्मत नै हराउँथ्यो।

आकाशमा जून टहटह लागिरहेको बेला
मेरो मनमा विभिन्न प्रश्नहरु उब्जन्थ्यो
सधै आफ्नो परिस्थिति र भाग्यलाई दोष दिने गर्थे
तर त्यसदिन मेरो अन्तर्मनको आवाजले मलाई दोषी ठहरायो ।

हिजो राती को कुरा सम्झिदा त कोही आएर
मेरो आँखा खोलिदिएको महसुस भयो
धेरैबेर त्यही कुरा सोच्दा र ध्यान दिँदा
त्यो कोही भनेको त म नै रहेछु
यो कुरा सोच्दा सोच्दै मेरो
आत्मबल दिनदिनै बढ्दै गयो
अझै पनि कसैले बिचरी भन्छन्
तर मैले आफ्नो हिम्मत हराउन दिइन।

जसरी दिनहरु बित्दै गए त्यसरी नै म आफ्नो
कोशीसले सफलताको शिखर चुम्ने आँट गर्न थाले
हिजो आज दुःखकष्ट भएपनि
भोलि पर्सि सुख र खुशियाली आउछ
कसले भनेको छ र रातपछि
फेरि दिन फर्कदैन भनेर।

जिवनमा केही गर्दा खुट्टा
तान्ने त अवश्य नै हुन्छन्
तर खुट्टा तान्ने हरुलाई पछि पार्दै
अघि बढ्नेहरू नै सफलताको शिखरमा पुग्छन्।

श्रीइच्छा केसी
नक्साल, काठमाडौँ


सम्बन्धित शीर्षकहरु

अमेरिकामा मृत्युदण्ड पाएकी क्रिस्टा पाइक नामकी महिला असफल मृत्युदण्ड प्रयासपछि अस्पतालमा होसमा आएकी छन्। उनका वकिलका अनुसार होस खुल्दा उनी…

पूर्वी जेरुसेलममा रहेको बेलायतको वाणिज्य दूतावास बन्द गर्ने इजरायलको निर्णयपछि दुवै देशबीच कूटनीतिक विवाद बढेको छ। इजरायलले कन्सुल जनरलसहित २०…

अमेरिकी संसदअन्तर्गतको कंग्रेसनल रिसर्च सर्भिस (CRS) को नयाँ प्रतिवेदनअनुसार, इरानसँगको युद्धमा अमेरिकाका ८१ वटा सैन्य विमान, हेलिकोप्टर र ड्रोन नष्ट…

प्रतिकृयाहरू
...