Sunday 29th March 2026

ए झरि! -सरिता कोइराला


म मौन नियालिरहेछु तिमीलाई
तिमी एक तमासले झरिरहेछौ
जुन चिजमा तप्प तप्प भएर ठोकिन्छौ
फरक फरक ध्वनीराग फहराउँछौ

झरि नामले नामाकृत छौ तिमी
दिनरात केही नभनि निरन्तर झरिरहेछौ
कहिले शान्तपूर्वक त कहिले गड्गडाहट
रूप फेर्दै निथ्रुक्कै भिजाएर धर्तीलाई रुझाईरहेछौ ।

कतै भेल, कतै बाढी, कतै पहिरोले साथ भर्दा
प्राकृतिक प्रकोप मात्र होइन मानवीय खती हुँदा
चसक्क दुख्छ मन तिमी यसरी निरन्तर बर्सिरहँदा
साँझ मीठो मसिनो खानाले पेट भरी
मीठो निन्द्रामा निदाएका निर्दोष तनहरु
सुनौलो बिहानीमा मुस्कुराउँदै उठ्न नपाउँदै
हिलो र माटोमा लत्पतिएर
चिर निन्द्रामा यात्रा तय गरेका घटनाहरु
मन नै त्यसै भावुक बनाई आँखाहरु रसाईरहेछन् ।

“तिमी पापी हौ” भनेर दोष दिन्न म तिमीलाई
तिमी एक प्रकृया हौ, जुन निरन्तर छौ वर्षौवर्षदेखि
आफ्नै रफ्तारमा तिमी आफू चलिरहेछौ, चलिरहनेछौ
तर, तिमी बहने पहरा, खोलानाला, नदिताल साँघुरिदा
यहाँ मानव कै खतीउपतीमा तिमी दोषी ठहरिरहेकाेछौ ।

हे मानव! हाम्रै लोभलालसाले हो है
बिपत्तिका घटना बढिरहेका आज
झरि त एक साध्य हो, हामी त्यसको साधन
अब त बुझौ है, बढ्न नदिउँ यस्ता दुखद् घटनाक्रम !!

-सरिता कोइराला
पाँचखाल – २, अनैकोट
हालः बानेश्वर काठमाडाैं ।


सम्बन्धित शीर्षकहरु

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

प्रतिकृयाहरू
...