Thursday 11th September 2025

दुइ मुक्तहरू -राम भण्डारी


मनको तापले शरीर जले झैं लाग्छ ।
शक्ति अदृश्य धप्धपी बले झैं लाग्छ ।
कता हो मनको कुना कुनामा फेरि
बाँच्ने आशाहरु पुनः चले झैं लाग्छ ।

बन्द भैसकेको झरि फेरि झरझर झर्न लाग्यो ।
उज्यालो साँझ लाई फेरि अध्यारो गर्न लाग्यो ।
कुन पापीको आँखा लाग्यो र हाम्रो खुसीमा
प्रकृति र मानव मिलेर घाउमा नुन छर्न लाग्यो ।

-राम भण्डारी
सिन्धुपाल्चोक
हालः काठमाडाैं ।


सम्बन्धित शीर्षकहरु

गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको…

तितोपाटी -नयाँ पुस्ताका युवा (जेनजी) हरूले बिभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर पर्दशन गरिरहेका छन ।  भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल…

उत्तरी भारतमा बाँदरहरूले लगेको र पछि पानीको ड्रममा डुबेको अवस्थामा फेला परेपछि दुई महिनाको शिशुको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले आइतबार…

प्रतिकृयाहरू
...