Monday 6th April 2026

‘हिउँ चितुवा’ आङरिता शेर्पाको ७२ वर्षको उमेरमा निधन


तितोपाटी – सगरमाथा आरोहणमा विनाअक्सिजन १० पटक सगरमाथा चढि ‘हिउँ चितुवा’ उपनाम पाउन सफल
कीर्तिमानी आरोही आङरिता शेर्पाको ७२ वर्षको उमेरमा हिँजो सोमबार निधन भएको छ । राष्ट्र र राष्ट्रियता प्रति गर्व गर्ने शेर्पा यति धेरै चर्चित भएर पनि विदेश पलायन नभएर स्वदेशमै बसेर मुलुक र सगरमाथालाइ संसार भर चिनाउन ठुलो योगदान दिएका थिए ।

सगरमाथासँगै आङरिताले नेपालका अधिकांश अग्ला हिमाल पनि आरोहण गरिसकेका थिए । जसका कारण उनले हिउँचितुवाको उपनाम पाएका थिए । सन् १९४८ मा खुम्बु क्षेत्रको हिलजुङ गाउँमा जन्मिएका उनले २० वर्षकै उमेरमा चोयु हिमालको आरोहण गरेका थिए । ३४ वर्षको उमेरमा आठ हजार एक सय ६२ मिटर अग्लो धौलागिरि हिमाल चढेका उनले सन् १९८३ मा पहिलोपटक सगरमाथा आरोहण गरेका थिए ।

विनाअक्सिजन सगरमाथा चढेपछि आङरिताको विश्वभरि चर्चा भयो । उनले विनाअक्सिजन पाकिस्तानको माउन्ट केटु तथा नेपालका चोयु, मनास्लु, ल्होत्से, अन्नपूर्ण, धौलागिरिलगायत दर्जनौँ हिमालको आरोहण गरेका थिए ।

सन् १९८३ देखि १९९६ सम्म आङरिताले १० पटक सगरमाथाको आरोहण गरेका थिए । आँटेको काम पूरा गरेरै छाड्ने स्वभावका उनले सन् १९९६ पछि भने विभिन्न रोगले च्यापेपछि आरोहणमा जान छाडेका थिए ।

आङरिताको निधनको समाचार सिन्ह्वा, टाइम्स अफ इन्डिया, सिएनएन, बिबिसीलगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रमुखताका साथ सम्प्रेषण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले कीर्तिमानी आरोही आङरिताको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

कुवेतको प्रमुख खुद्रा गन्तव्य लुलु हाइपरमार्केटले टाली, कुवेतको “Buy Now, Pay Later” सेवा प्रदायकसँग साझेदारी गर्दै ग्राहकहरूलाई लचिलो र सुविधाजनक…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको ७१औं स्थापना दिवस एक विशेष समारोहका बीच मनाएको छ। सो अवसरमा पत्रकारहरूको व्यावसायिक…

मध्यपूर्वमा जारी युद्धको धुवाँ केवल तेल बजारमा मात्र सीमित छैन, यसको असर अब नेपाली खेतबारी र भान्सासम्म फैलिन थालेको छ।…

प्रतिकृयाहरू
...