आर.बी बुढाथोकी – प्राकृतिक खाना अमृत सरह हुन्छ तर समयसFगै पत्रु खानाको पनि व्यापक विकास र व्यापार हुँदै गयो । ब्यबसायिक रुपमा उत्पादन भएका समुर्ण जङ्कफुडहरु पत्रु खान हुन र यसले मनिसको शरीरलाई नोक्सान पुर्याइ रहेको छ । पछिल्लो समयले के साबित गरेको छ भने हामीलाे परम्परागत रुपमा खाने गरेको गाउ घर कै प्राकृतिक खाना नै हाम्रा लागि उत्तम थियो । हामी धेरै भन्दा धेरै बहकिएर आधुनिक खानाको नाममा पत्रु खानाको पछाडि दौढन थाल्यौ र हाम्रो स्वास्थ्य दिनानु दिन बिकराल हुँदै बिग्रेर गयो र अहिले फेरी एक पटक त्यही पहिलाका आफ्नै हजुर आमाले पकाएका खानामा मोडिन थालेका छौ । निकै आकर्षक प्याक र जिब्रोमा झुन्डिने स्वादको हुने यि पत्रु खाना बाल बच्चाहरुको प्रिय भएका कारण एक किसिमको जङ्क फुड एडिक जस्तै हो ।
यस्ता खालका पत्रु खानाले अहिलेको महामारीमा रोग प्रतीरोधात्मक शक्ति (इम्युनिटी पावर) बढाउने भन्दा घटाऊने काम ज्यादा हुन्छ । त्यस कारण यस्ता खानाहरु तत्काल छोड्नु पर्ने हुन्छ र आफ्ना बाल बच्चालाई पनि छोडाउनु जरुरी छ । युरोप अमेरिकामा ब्यापक मात्रमा पत्रु खाना प्रयोग गरिने हुँदा कोरनाका कारण धेरै मान्छेको मृत्यु भएको अध्ययनले देखाएको छ । युरोप अमेरिकामा पत्रु खाना खानु एक किसिमको संस्कार र वाध्यता नै भएका कारण अन्य देशहरुको तुलनामा ज्यादा खपत हुन्छ र रोग शिकार हुनेहरुको संख्या पनि त्यतिकै बढ्दै गएको छ । सरकारको फितलो अनुगमन र नियमावली अभाबका कारण जनताको स्वास्थ्य अहिले जोखिममा छ । विषादी भान्सा मै थुप्रन थाले पछी सबैको चासोको विषय भनेको छ । न्युन गुणस्तरका पत्रु खानाले शरीरलाई चाहिने पोस्टिक तत्व दिनु भन्दा झन स्वास्थ्य बिगार्ने हुँदा बेलैमा सचेत हुनु पर्दछ ।
कोरना भाईरसका कारण अहिले विश्व विशम् परिस्थितीमा गुज्रीरहेको छ । नेपालमा यो महामारिका कारण ४०० भन्दा को हाराहारीमा ज्यान गएको छ भने ६४ हजार बढी संक्रमित भईसकेका छन । यो विशम् परिस्थितीमा हामीले आफ्नो खान पान र जिवनशैलीमा परिवर्तन गर्न सकेनौ भने कोरना भाइरसले सहज आक्रमण गर्ने र आतङ्कित तुल्याउने छ । यो भाइरसको कुनै भ्याक्सिन नबनी सकेका कारण भोलिका दिनहरु पनि अन्योल छ । अत: यस्तो बेलामा कोरोना (कोभिड १९)को संक्रमण हुनबाट बच्नु वा हुन नदिनु बुद्धिमानी हुन्छ। हामीले ख्याल राख्नुपर्ने पहिलो कुरा कुरा के हो भने संक्रमितले रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाएर भाइरससँग सजिलै लड्न सकिन्छ। यसका लागि हामीले नियमित खाने खानाले मात्रा पर्याप्त हुन्न र जिवनशैलीमा पनि परिवर्तन गर्नु जरुरी छ ।
अब त आफ्नो स्वास्थ्यका बारेमा सोच्ने बेला आयो ।
अहिलेको सबै भन्दा चुनौतीपूर्ण काम भनेकै आफु स्वस्थ्य रहनु र आफ्नो शरीरको इम्युनिटी पावर(रोग प्रतिरोधात्मक शक्ती) बलियो बनाउनु हो । यदी तपाईंलाई संक्रमण भई हालेमा पनि रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाएर भाइरससँग सजिलै लड्न सकिन्छ। जसका लागि तपाईंले के कस्ता खाने कुरा खाने र आफ्नो नियमित जिवनशैलीलाई कसरी परिवर्तन गर्ने त्यता तिर ध्यान दिनु जरुरी छ । तपाईंले नियमित खाइरहेको खाना र जिबन शैली अहिलेको अबस्थामा पर्याप्त हुँदैन त्यसले यहाँ हामीले केही महत्व पूर्ण खाना र जिबन शैलीका बारेमा चर्चा गरेका छौ ।
अहिलेको अबस्थामा शरीरलाई सम्पूर्ण रुपले स्वस्थ कायम राख्नु हो, जुन अहिले सबै बर्गका लागि अत्यन्त चुनौतीपूर्ण छ। हामीले जे खाइ रहेका छौ त्यसमा परिवर्तन गर्नु गर्नु पर्ने हुन्छ । स्वाश्थ्य सम्बन्धी र कोरना महामारीका बारेमा पूर्ण जानकार हुन जरुरी छ । सकेसम्म आफ्नो घर वरिपरी पाइने जडिबुटी प्रयोग गरेर शरीरलाई सधैं तातो राख्ने प्रयास गर्नु पर्छ । जस्तो हाम्रो घर वरिपरी तुलसी,बेसार,तेजपात,मरिज,टिमुर,अदुवा,कागती,जिम्बु,अश्रगन्ध,बोझो,ऐसेलु,चुद्रो,लसुन,पुदिना लगायतका जडिहरु सहज पाईन्छ यिनलाई नियमित प्रयोग गर्नाले पनि हाम्रो शरीरमा केही मात्रमा सहजीकरण ल्याउछ र रोग प्रतीरोधात्मक शक्ती बढ्छ । यि बाहेक ब्रोकाउली,रातो क्यप्सीकम,पालक रायो लगायतका हरियो साग पात,सख्खरखन्डा,माछा,सेल फिस,हरियो स्याउ,डार्क चक्लेट,ग्रीन टि,केफिर लाइम,सन फ्लावर सिड,आलमन्ड,सुन्तला,किवी,सिट्रस युक्त कुनै पनि फल,दुध,दही,मेवा,गजर,चुकन्दर,ताजा गोल्भेडा,सेलरी,स्टबेरी,आप,फर्सीको दाना,कुरिलो ,रातो बन्दा,माइक्रो ग्रिन्स लगायतका खानाहरु खोजी खोजी खानु भयो भने तपाईंको रोग प्रतिरोधात्मक शक्ती बलियो हुनमा मद्त गर्छ र भईरसले सहज रुपमा आक्रमण गर्न सक्दैन । यो समयमा गेडागूडी मिसाएर बनाएको क्वाटी पनि निकै उपयुक्क्त हुन्छ । जे खाएता पनि झोलीलो मोलिलो बनाएर खादा उत्तम मानिएको छ ।जसलाई इम्युनिटी बुस्टिङग फुड भनेर पनि चिनिन्छ ।
जाड रक्सी,चुरोट बिडी,गाजा,सुर्ती,लागु औषधी जस्ता चिजले तपाईंको शरीरको इम्युनिटी पावर कमजोर बनाउने हुँदा यो अबस्थामा बिल्कुल सेबन नगर्दा उत्तम मनिएको छ । सकेसम्म यो महामारीको समयमा शाकाहारी खाना सेबन गर्दा बेस मानिन्छ तर केही सेलेक्टेट माछा मासु खानाले कुनै असर गर्दैन । जस्तै तपाईंले सालमन,एन्चोभी,मकारेल माछा खोजेर खानु भयो भने पर्याप्त फाईदा पुर्याउछ । ताजा फलफुलको जुसमा गाजर,सेलरी,अदुवा,काचो बेसार,स्याउ,कागती मिसार खानाले पनि फाईदा पुर्याउछ । सकेसम्म गाउ घरमा पाइने अर्गानिक र चोकर युक्त्त खाना खान सक्नु भएमा अझ फाईदा जनक हुन्छ । खाना खादा मैदा र चामलका परीकार कम खाने गर्नु जरुरी छ र चिनीको मात्रा घटाऊनु जरुरी हुन्छ । सके सम्म कोदो,फापर,मकै,गहु जस्ता खाध्यानको दलिया(च्याख्ला)खादा श्वाश्थ्यलाई फाईदा पुर्याउछ । चामल खानु नै परे ब्राउन राइस,पोलिसिङग नगरेको या रेड राइस खोजेर खादा राम्रो हुन्छ । मल्टीग्रेनबाट बनेको पाउरोटी,रोटी,बन,सफ्ट रोल,स्यान्डुज ब्रेड,हार्ड रोल,कुकिज,बिस्केट प्रयोगमा ल्याउदा उत्तम हुन्छ । सकेसम्म यो समयमा तारेका बस्तु कम गर्दा राम्रो हुन्छ र कुनै पनि चिज तार्दा धेरै पटक एउटै तेल प्रयोग नगर्ने बानी बसाल्नु पर्छ तर शुद्द गाई या भैंसीको घ्यु भने सेबन गर्दा कुनै बेफाईदा हुँदैन । बिहान दिउसोको खाना पर्याप्त खाए ता पनि बेलुका भने कम खादा राम्रो हुन्छ । जहिले पनि बेलुका सुत्नु भन्दा कम्तीमा एक घण्टा अगाडि खाना खानु राम्रो मानिएको छ । वैज्ञानिक अनुसन्धानका अनुसार उपवासले पनि इम्युनिटी बढाउने देखाएकोले सबैले कम्तीमा हप्ताको एक दिन उपवास गर्ने गर्नु हितकर मानिन्छ तर ब्रत बस्ने भन्दैमा सबै चिज बन्देज गर्नु पर्छ भन्ने हुँदैन । यो समयमा खुराक अनुसानमा रहेर सन्तुलित आहार लिनु नै सबै भन्दा बुद्दीमानी हुन्छ ।
स्वस्थ र रोग प्रतिरोधात्मक खानाको साथ साथै तपाईंले अहिलेको परिस्थितीमा आफ्नो आनी बानी र जिबन शैलीमा परीबर्तन गर्नु जरुरी छ जसले तपाईंको इम्युनिटी पावर बढाउन मद्त पुग्छ । शरीरमा इम्युनिटी पावर बढाउन पर्याप्त सुत्नु पनि जरुरी छ । तपाईंले यो अवस्थामा कम्तीमा पनि ८ घण्टा सुत्नै पर्छ । प्रबिधीको बिकास र सामाजिक सन्जालका कारण अहिलेका मनिसहरु मोबाइल चलाएर अबेर सम्म नसुत्ने बानी बिकास हुँदै गएको छ । यो बानी गलत हो र यसले शरीरको इम्युनिटी पावर घटाऊन मद्त पुर्याइ रहेको हुन्छ । समयमा सुत्ने समयमा उठ्ने बानी बसाउन जरुरी छ । नियमित रुपमा ब्यायाम ध्यान तथा योगा गर्नु पनि अत्यन्त जरुरी हुन्छ । आफ्नो शरीरको सरसफाइमा पनि त्यती कै ध्यान दिनु जरुरी हुन्छ । बेला बेला साबुन पानीले मिची मिची हात धुनु पर्छ र घर वरिपरी सरसफाइ गर्नु जरुरी हुन्छ । सके सम्म घर बाहिर भिडभाडमा नजाने र जानै परे पनि माक्स लगाएर जाने र समाजिक दुरीलाई कायम राख्ने गर्नु पर्छ । आफ्नो घरमा सके सम्म पहुना बोलाएर भिडभाड हुने गरी कुनै कार्यक्रम नगर्ने गर्दा उत्तम र सुरक्षित हुन्छ । छिमेकीसँग पनि नियमित रुपमा असुरक्षित तबरबाट भेटघाट नगर्ने । सकेसम्म आफ्नो कौसी या केही टाढै रहेर कुराकानी गर्ने बानी बसाल्नु जरुरी छ । सकेसम्म आफ्नो टाढाको यात्रालाई निरन्तरता नदिने । कार्यलय जानु नै पर्ने छ भने आफ्नो निजी सवारी साधन मात्र प्रयोग गरेर जाने र सुरक्षित रुपमा कार्य सम्पादन गरेर सिधै आफ्नो घर फर्कने बानी बसाल्नु जरुरी छ । अनाबश्यक तनाब नलिने र जिबनलाई सहजीकरण तिर लाने प्रयास गर्ने । कुनै रचनात्मक काममा आफुलाई ब्यस्त राख्ने प्रयास गर्ने बानी बसालेमा हामी यो महामारीको चपेटाबाट धेरै हद सम्म सुरक्षित रहन सक्छौ ।
(सोल्टी क्राउन प्लाजा होटलमा सुसेफको रुपमा कार्यरत बुढाथोकी पाक कला र सन्तुलित आहारका विषयमा कलम चलाऊछन )