Tuesday 31st March 2026

चोटीला ४ मुक्तकहरू -मुस्कान ‘मुस्कान’


यो संसार भरिको मानव जाली छ ।
र’त यो चेलीको सिउँदो खाली छ ।
न्याय दिने कार्यालय पैसामा बिक्छ,
र’त दोषीलाइ अदालतमा ताली छ ।

जनताहरू सुताउने कोक्रो बनाएछौ नेता ज्यू ।
कमिसनहरू राख्ने धोक्रो बनाएछौ नेता ज्यू ।
कहिले बाढी पीडित, कैले भूकम्प पीडित भन्दै,
देशको ढुकुटीलाइ खोक्रो बनाएछौ नेता ज्यू ।

प्यारको डोरी बाटेर गयौ कहाँ?
यौवनको रंग साटेर गयौ कहाँ?
मलाइ एक्लै बर्बाद पारेर तिमीले,
नआउने गरि ढाँटेर गयौ कहाँ?

तिम्रो आगमनले यो जिन्दगी फुलेको छ ।
बादल लागेको आकाश पनि खुलेको छ ।
तिमी मेरो मन्दिरमा चढाउने फुल भएसी,
घायल मनले साइँलीको भट्टी भुलेको छ ।

-मुस्कान ‘मुस्कान’
धनकुटा, पाख्रीबास
मो. नं. 9848877361


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...