Monday 30th March 2026

संविधान दिवसको अवसरमा सरकारद्वारा ५९४ जना विभूषित


तितोपाटी – सरकारले संविधान दिवसको अवसरमा ५९४ जनालाई बिभिन्न मानपदवी, अलंकार र पदकबाट विभूषित गर्ने भएको छ । सरकारले सार्वजनिक गरेको सूचीअनुसार ४५३ जनालाई मानपदवी ११४ जनालाई अलंकार र २७ जनालाई पदकबाट सम्मान गरिने छ । विभूषण, अलंकार र पदक  आगामी नयाँ वर्ष २०७८ वैशाख १ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभुषित हुने छ ।

राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमानी राख्न विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पुर्याउनेहरुलाई सरकारले संविधान दिवसमा सम्मान गर्दै आएको छ । यसपटक नेपाल रत्न कसैलाई पनि दिइएको छैन ।

सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) बाट आँखाका वरिष्ठ डा. सन्दुक रुइतलाई सम्मान गरिँदै छ । त्यस्तै ‘प्रसिद्ध प्रबल जनसेवा श्री (द्वितीय)’ बाट हालै अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट अवकाशप्राप्त प्रमुख आयुक्त नवीन घिमिरेसहित सर्वोच्च अदालतका न्यायाधीश दीपकुमार कार्की, प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई दिइने घोषणा गरिएको छ ।

यसैगरी ‘सुकीर्तिमय राष्ट्रदीप (तृतीय)’ बाट अख्तियारका आयुक्त गणेशराज जोशी, वनस्पतिविज्ञ डाक्टर तीर्थबहादुर श्रेष्ठ, पर्यटन सचिव केदारबहादुर अधिकारी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारी र सशस्त्र प्रहरीका एआईजीद्वय पुष्पराम केसी र रामशरण पौडेल तथा वरिष्ठ सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई प्रदान गरिने सूचना सार्वजनिक गरिएको छ ।

सुप्रबल जनसेवा श्री (तृतीय) बाट ८७ जना, कीर्तिमय राष्ट्रदीप (चतुर्थ) बाट २ सय ४२ जना, जनसेवाश्री (पञ्चम) बाट १ सय ४, राष्ट्रयशोवर्द्धक २, नेपाल सेवा प्रवीण १, समाज सेवा रत्न ११, परम पौरख भाष्कर १२, नेपाल प्रताप सुभूषण २४, अतिपौरख भाष्कर २०, नेपाल प्रताप आभूषण १४, महापौरख भाष्कर १२, नेपाल प्रताप भूषण १८, राष्ट्रसेवा पदक २, सुकीर्ति पदक १२ र प्राकृतिक प्रकोप पीडितोद्वार १३ जनालाई प्रदान गरिने भएको छ ।

 


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...