Thursday 29th January 2026

आज संविधान दिवस


तितोपाटी – नेपालमा नयाँ संविधान जारी भएको आज पाँच वर्ष पूरा भएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा नेपाल सरकारले सैनिक मञ्च टुँडिखेलमा शनिबार बिहान संविधान दिवस सम्बन्धी एक विशेष समारोह हुने भएको छ ।

२०७२ असोज ३ गते संविधान सभाबाट निर्मित ‘नेपालको संविधान’ जारी भएको पाँच वर्ष पुगेर छैटाैँ वर्ष प्रवेशका अवसरमा यो समारोह आयोजना हुन लागेको हो । यस विशेष समारोहमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना मात्रै सहभागी हुनेछन् ।

विशेष समारोहमा बिहान ९ः५० बजे प्रधानमन्त्री ओलीले संविधान दिवसको शुभकामना सन्देशसहित देशवासीका नाममा सम्बोधन गर्ने कार्याक्रम छ भने नेपाली सेनाको टुकडीले केही कार्यक्रम मात्रै प्रस्तुत गर्ने तयारी छ । यस दिनलाई राष्ट्रिय दिवसका रूपमा मनाउने परम्परा रहे पनि यसपटक कोरोना भाइरसको महामारीका कारण विशेष समारोहमा भीडभाड गरिने छैन । त्यसैले त्यहाँ मन्त्री, सांसद लगायतका विशिष्ट व्यक्तित्व पनि सहभागी हुने छैनन् ।

संविधान दिवसको अवसरमा सरकारले २८९ जना कैदीको भुक्तान गर्न बाँकी कैद मिनाहा गरि कैदमुक्त गरेको छ ।

 


सम्बन्धित शीर्षकहरु

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

प्रतिकृयाहरू
...