Monday 30th March 2026

कविताः डोरी लाउरे -नारायण कोइराला


खेती किसन छोडेर,
विदेश जान सोचियो ।
दलाललाई पैसा बुझाई,
भिसा झारियो ।

हलो जुवा घरमा छोडी,
विदेश तिर लागियो ।
पहिलो पल्ट जहाजमा बस्दा,
मनमा खुसी बाँडियो ।

जाने विचार यूरोप थियो,
अरब तिर झारियो ।
एक दुई दिन बसेपछि,
डिउटमा लागियो ।

घर तिर गोरुलाई,
हाेर पच भनिन्थ्यो ।
आजभोलि अरब तिर,
यल्ल यल्ल भन्दछ ।

के भनेको भनेर,
बुझ्न गाह्रो भाको छ ।
अन्दाजको भरमा,
काममा भाग्नु पर्दछ ।

आफ्नो खुसी कतै छैन,
उसको आदेश मात्र छ ।
नेपाल छँदा किसन थिएँ,
विदेशको श्रममा जात्रा छ ।

एकछिन काम गरे पछि,
आराम गर्न खोजिन्थ्यो ।
विदेशमा विरामी हुँदा पनि,
डिउटी पुरा गर्नु छ ।

किसान पेशा छोडेर,
अरबतिर हुत्तिए ।
आजभोलि अरबमा,
डोरी लाहुरे भई दिए ।

तानसेन, पाल्पा
हाल, युएई


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...