Monday 17th November 2025

कविताः डोरी लाउरे -नारायण कोइराला


खेती किसन छोडेर,
विदेश जान सोचियो ।
दलाललाई पैसा बुझाई,
भिसा झारियो ।

हलो जुवा घरमा छोडी,
विदेश तिर लागियो ।
पहिलो पल्ट जहाजमा बस्दा,
मनमा खुसी बाँडियो ।

जाने विचार यूरोप थियो,
अरब तिर झारियो ।
एक दुई दिन बसेपछि,
डिउटमा लागियो ।

घर तिर गोरुलाई,
हाेर पच भनिन्थ्यो ।
आजभोलि अरब तिर,
यल्ल यल्ल भन्दछ ।

के भनेको भनेर,
बुझ्न गाह्रो भाको छ ।
अन्दाजको भरमा,
काममा भाग्नु पर्दछ ।

आफ्नो खुसी कतै छैन,
उसको आदेश मात्र छ ।
नेपाल छँदा किसन थिएँ,
विदेशको श्रममा जात्रा छ ।

एकछिन काम गरे पछि,
आराम गर्न खोजिन्थ्यो ।
विदेशमा विरामी हुँदा पनि,
डिउटी पुरा गर्नु छ ।

किसान पेशा छोडेर,
अरबतिर हुत्तिए ।
आजभोलि अरबमा,
डोरी लाहुरे भई दिए ।

तानसेन, पाल्पा
हाल, युएई


सम्बन्धित शीर्षकहरु

कुवेत — “सकिन्छ राम्रो गरौँ, सकिँदैन नराम्रो नगरौँ” भन्ने मूल नारासहित युवा शक्ति कुवेतको प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न भएको…

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कुवेतले आफ्नै संगठनका सदस्यहरूको दक्षता र नेतृत्व क्षमता विकास गर्ने उद्देश्यसहित…

गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका…

प्रतिकृयाहरू
...