Wednesday 4th March 2026

तीन चोटिला मुक्तकहरू -मुस्कान ‘मुस्कान’


सफर जाँदा खेरी सहरमा नाता होस ।
वर्षा हुँदा आफ्नो हातमा छाता होस ।
प्यार र सम्बन्धलाई पुरानो हुन नदिन,
इश्वर तिमीसँग अजम्बरी गाता होस ।

मायाको बिरूवा रेगिस्तानमा रोपेर आउ ।
आँधी तुफानले उडाईदिन्छ छोपेर आउ ।
तिम्रो प्यारलाई मजाले अनुशन्धान गर्दैछु,
नाडीमा मेरो नामको ट्याटु खोपेर आउ ।

सोह्र सत्र पुग्ने बित्तिकै टल्किए यो परिवर्तन हो ।
थोरै चाख्दै मदिरा सँग पल्किए यो परिवर्तन हो ।
अचम्म मान्नु पर्दैन समयको तुफानबाट आज म,
चितामाथि आगो द्वारा सल्किए यो परिवर्तन हो ।

-मुस्कान ‘मुस्कान’
धनकुटा, पाख्रीबास
मो. नं. 9848877361


सम्बन्धित शीर्षकहरु

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

चीनका विदेशमन्त्री वाङ यीले सोमबार आफ्नो इरानी समकक्षीलाई फोनमा भने कि मध्यपूर्वमा युद्ध फैलिँदै गर्दा बेइजिङले अमेरिका-इजरायली आक्रमणहरू विरुद्ध आफ्नो…

मध्यपूर्वमा बढ्दो क्षेत्रीय तनावका बीच शेख फहाद अल-युसुफ अल-सबाह ले कुवेतका सबै सुरक्षा र सैन्य निकायहरूलाई उच्च सतर्कतामा परिचालन गरिएको…

प्रतिकृयाहरू
...