Monday 30th March 2026

नेकपा स्थायी कमिटी बैठक सम्पन्न, चैतमा एकता महाधिवेशन गर्ने


तितोपाटी – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले केपी शर्मा ओली सरकार र पुष्पकमल दाहाल प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी सञ्चालनमा केन्द्रित हुने प्रस्ताव पास गरेको छ । लामो समय देखि आन्तरिक संघर्षका कारण बस्दै र रोकिँदै आएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक यस पटक भने बिभिन्न महत्वपुर्ण निर्णय गर्दै सकिएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेश गरेको १५ पृष्ठको प्रस्ताव पारित गर्दै टुंगिएको स्थायी कमिटी बैठक टुंगिएको हो । बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित १३ नेताले बोलेका थिए भने नेताहरुले दिएको लिखित र बैठकमा आएको सुझावलाई समेत समेटेर प्रस्ताव पारित गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

बैठकले आगामी चैत २५ देखि ३० गतेसम्म एकता महाधिवेशन गर्ने निर्णय समेत गरेको छ । त्यसको तयारीका लागि कात्तिकमा केन्द्रीय कमिटी बोलाइएको छ ।

पार्टीको मार्गनिर्देशनमा सरकार संचालन हुने निर्णय बैठकले गरेको छ भने सरकारका दैनिक काममा पार्टीले हस्तक्षेप नगर्ने तर आधारभूत नीति र राष्ट्रिय महत्वका निर्णयहरु लिँदा पार्टीको मार्गनिर्देशनलाई ध्यान दिएर सरकारले निर्णय गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको छ ।

त्यसै गरि संसदमा विचाराधीन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय पनि बैठकले गरेको छ । प्रवक्ता श्रेष्ठका अनुसार वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले दिएको सुझावअनुसार पार्टीमा छलफल गरेर के–के संशोधन गर्ने भन्ने निर्णय गरिनेछ ।


सम्बन्धित शीर्षकहरु

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

प्रतिकृयाहरू
...