Saturday 27th December 2025

विश्वभरका २ करोड बढि मानिसले कोरोनालाइ जिते


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा संसारलाइ अातंकित गराइरहेको कोभिड-19 नोवल कोरोना भाइरस संक्रमणबाट विश्वभरका २ करोड बढि मानिस मुक्त भएका छन् । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्ड मिटर्स डट इन्फोका अनुसार बिहीबार बिहानसम्म काेराेनाभाइरस संक्रमण जित्नेको संख्या २ करोड १० लाख ३ हजार नाघेको छ ।

विश्वमा कोरोनाबाट संक्रमित हुनेकाे संख्या भने दुई कराेड ८० लाख नाघेकाे छ । अहिलेसम्म ९ लाख भन्दा बढिको ज्यान लिइ सकेको कोरोना भाइरसको सबै भन्दा बढि संक्रमित अमेरिकामा छन् ।

अमेरिकामा ६५ लाख ४९ हजार भन्दा बढि संक्रमित भएका छन् । ३८ लाख ४६ हजार भन्दा बढि निको भएको अमेरिकामा कोरोना संक्रमणको कारण १ लाख ९५ हजार बढिले ज्यान गुमाएका छन् ।

संक्रमितको हिसाबले दोश्रो स्थानमा रहेको भारतमा ४४ लाख ६५ हजार भन्दा बढि संक्रमित छन् । केहि हप्ता यता भारतमा संक्रमित हुनेको संख्या ह्वात्तै बढेर गएको छ । भारतमा कोरोना संक्रमण हुनेको संख्या ३४ लाख ७१ हजार भन्दा बढि छ भने मर्नेको संख्या ७५ हजार नाघेको छ ।

संक्रमितको हिसाबले तेश्रो स्थानमा रहेको ब्राजिलमा ४१ लाख ९९ हजार भन्दा बढि संक्रमित भइ ३४ लाख ५३ हजार बढि संक्रमण मुक्त भएका छन् भने ब्राजिलमा कोरोनाको कारण १ लाख २८ हजार भन्दा बढिको मृत्यु भइसकेको छ ।

चाैथो स्थानमा रहेको रसियामा १० लाख ४१ हजार भन्दा बढि संक्रमित भइ ८५ हजार बढिले कोरोनालाइ जितेका छन् भने त्यहाँ १८ हजार बढिको कोरोनाको कारण ज्यान गएको छ ।


सम्बन्धित शीर्षकहरु

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)बीचको राजनीतिक समिकरण निर्णायक चरणमा पुगेको छ। रास्वपा सभापति रवि लामिछाने…

“सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना भएको युवा शक्ति कुवेतले साल्मियाको ब्लक–१० गार्डेन…

ढाका — बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष Tarique Rahman ले बिहीबार डिसेम्बर २५ मा स्वदेश फर्किएपछि दिएको पहिलो…

प्रतिकृयाहरू
...