Sunday 12th April 2026

विश्वभरका २ करोड बढि मानिसले कोरोनालाइ जिते


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा संसारलाइ अातंकित गराइरहेको कोभिड-19 नोवल कोरोना भाइरस संक्रमणबाट विश्वभरका २ करोड बढि मानिस मुक्त भएका छन् । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्ड मिटर्स डट इन्फोका अनुसार बिहीबार बिहानसम्म काेराेनाभाइरस संक्रमण जित्नेको संख्या २ करोड १० लाख ३ हजार नाघेको छ ।

विश्वमा कोरोनाबाट संक्रमित हुनेकाे संख्या भने दुई कराेड ८० लाख नाघेकाे छ । अहिलेसम्म ९ लाख भन्दा बढिको ज्यान लिइ सकेको कोरोना भाइरसको सबै भन्दा बढि संक्रमित अमेरिकामा छन् ।

अमेरिकामा ६५ लाख ४९ हजार भन्दा बढि संक्रमित भएका छन् । ३८ लाख ४६ हजार भन्दा बढि निको भएको अमेरिकामा कोरोना संक्रमणको कारण १ लाख ९५ हजार बढिले ज्यान गुमाएका छन् ।

संक्रमितको हिसाबले दोश्रो स्थानमा रहेको भारतमा ४४ लाख ६५ हजार भन्दा बढि संक्रमित छन् । केहि हप्ता यता भारतमा संक्रमित हुनेको संख्या ह्वात्तै बढेर गएको छ । भारतमा कोरोना संक्रमण हुनेको संख्या ३४ लाख ७१ हजार भन्दा बढि छ भने मर्नेको संख्या ७५ हजार नाघेको छ ।

संक्रमितको हिसाबले तेश्रो स्थानमा रहेको ब्राजिलमा ४१ लाख ९९ हजार भन्दा बढि संक्रमित भइ ३४ लाख ५३ हजार बढि संक्रमण मुक्त भएका छन् भने ब्राजिलमा कोरोनाको कारण १ लाख २८ हजार भन्दा बढिको मृत्यु भइसकेको छ ।

चाैथो स्थानमा रहेको रसियामा १० लाख ४१ हजार भन्दा बढि संक्रमित भइ ८५ हजार बढिले कोरोनालाइ जितेका छन् भने त्यहाँ १८ हजार बढिको कोरोनाको कारण ज्यान गएको छ ।


सम्बन्धित शीर्षकहरु

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

तीतोपाटी - जन-जागृति युवा समाज कुवेतले नेपाली नयाँ वर्ष २०८३ को भित्तेपात्रो सार्वजनिक गरेको छ । विगत १६ वर्षदेखि हरेक…

डिआइजी (DIG) र प्रमुख जिल्ला अधिकारी (CDO) को बरियतासम्बन्धी बहस अहिले केवल पदको सम्मानको विषय मात्र रहेन, यो राज्य संयन्त्रको…

प्रतिकृयाहरू
...