Tuesday 17th March 2026

बालकविता – बाबालाई माया -नारायण कोइराला


हामी छौं स्वदेश
नरुनु बाब विदेश बसेर
म सानो छोरो तपाईको प्यारो
बस्दछु ज्ञानी बनेर ।

जताततै बन्द भन्छन्
घरमा जो पढ्ने छु
ममीको सबै कुराहरू
मनन गर्ने छु ।

हामी सबै दाजु बहिनी
रमाई खुसी छौं
दुनिया भरी यो महामारी
प्रकोप बुझ्दछाैं ।

हाम्रो मुटु, हजुरलाई
केही पनि हुँदैन
हजुरको माया जत्तिको
हामीलाइ संसारमा केहि छैन ।

अटुट आउँछ संझना कति
रात र दिनमा
फोनको घण्टी कुरी
बस्द छौं हामी घरमा।

तानसेन पाल्पा
हालः यूएई


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री सुशीला कार्कीले गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष डा हेमराज शर्मालाई बधाई तथा शुभकामना व्यक्त गरेकी छन् ।…

काठमाडौं। दलहरुले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझएका छन्। समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएका ६ राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएका हुन्।…

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ ग्लोबल कन्फ्रेन्स तथा अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंस्थित सोल्टी होटलमा सुरु भएको छ। परराष्ट्रमन्त्री…

प्रतिकृयाहरू
...