Tuesday 9th September 2025

बालकविता – बाबालाई माया -नारायण कोइराला


हामी छौं स्वदेश
नरुनु बाब विदेश बसेर
म सानो छोरो तपाईको प्यारो
बस्दछु ज्ञानी बनेर ।

जताततै बन्द भन्छन्
घरमा जो पढ्ने छु
ममीको सबै कुराहरू
मनन गर्ने छु ।

हामी सबै दाजु बहिनी
रमाई खुसी छौं
दुनिया भरी यो महामारी
प्रकोप बुझ्दछाैं ।

हाम्रो मुटु, हजुरलाई
केही पनि हुँदैन
हजुरको माया जत्तिको
हामीलाइ संसारमा केहि छैन ।

अटुट आउँछ संझना कति
रात र दिनमा
फोनको घण्टी कुरी
बस्द छौं हामी घरमा।

तानसेन पाल्पा
हालः यूएई


सम्बन्धित शीर्षकहरु

उत्तरी भारतमा बाँदरहरूले लगेको र पछि पानीको ड्रममा डुबेको अवस्थामा फेला परेपछि दुई महिनाको शिशुको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले आइतबार…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार साँझ एयर फोर्स वनमा चढ्ने तयारी गर्दै प्रेसलाई दिएको टिप्पणीमा गाजा युद्धविराम र बन्धक आदानप्रदान…

परराष्ट्र मन्त्रालयबाट सरुवा भई शिव बानियाले कुवेतस्थित नेपाली दूतावासमा द्वितीय सचिवका रूपमा कार्यभार ग्रहण गरेका छन्। केही समयदेखि रिक्त रहेको…

प्रतिकृयाहरू
...