धेरै छन् यहाँ भोकभोकै बसेका दिनहरु ।
खाली पेटमा झन् पटुका कसेका दिनहरु ।
चटक्कै बिर्सिनु कसरी यो निर्दयी समय
महामारीले जनतालाई डसेका दिनहरु ।
घाम किन घाम जस्तो लाग्दैन आजभोली ।
निराशा छ किन आशा जाग्दैन आजभोली ।
जसोतसो जिवन गुजारा गर्नु नै छ तर पनि
यो मनले किन सहारा माग्दैन आजभोली ।
सबै रात मान्छे किन झस्किएर जाग्छ यहाँ ।
आफ्नै छायाँसँग पनि किन डर लाग्छ यहाँ ।
त्रसित आँखाभरी अनौठो आभाष देखिन्छ
भेट्दा अँगालो हाल्नेले आज पर भाग्छ यहाँ ।
-राम भण्डारी
सिन्धुपाल्चोक
हालः काठमाडाैं ।