Sunday 18th January 2026

धेरै कोरोना संक्रमित हुने देशमा भारत शीर्ष दोश्रो स्थानमा


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड -19 नोवल कोरोना भाइरसको संक्रमणको हिसाबले भारत विश्वमा शीर्ष दोश्रो स्थानमा उक्लिएको छ । दोश्रो स्थानमा रहेको ब्राजिललाइ उछिन्दै भारत दोश्रो स्थानमा पुगेको हो । धेरै मानिस संक्रमित भएको पहिलो देशको रूपमा अमेरिका रहेको छ । अमेरिकामा सबैभन्दा बढी ६२ लाख भन्दा बढी मानिसमा सङ्क्रमण देखिसकेको छ भने भारत र ब्राजिलमा क्रमशः ४२ र ४१ लाख भन्दा बढि मानिसमा संक्रमण देखिएको छ।

भारतमा एकै दिन अस्ति शनिबार ८६ हजार भन्दा बढि संक्रमित भेटिएका थिए भने हिँजो आइतबार ९० हजार भन्दा बढी मानिसमा थप संक्रमण पुष्टि भएको थियो ।

यसरी हेर्दा विश्वमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङख्या अमेरिकापछि अब भारतमा धेरै भएको तथ्याङ्कले देखाएको छ । अहिले भारतमा सङ्क्रमित हुनेको सङ्ख्या ४२ लाख नाघेको छ भने त्यहाँ सङ्क्रमणकै कारण मृत्यु हुनेको सङ्ख्या ७१ हजार नाघेको छ। भारतमा कुल संक्रमितमध्ये करिब ३२ लाख ५० हजारभन्दा बढी निको भइसकेका छन् ।

भारतमा शहरमा मात्र नभएर गाउँ क्षेत्रमा पनि कोरोना संक्रमण बढ्दो छ जसको कारण दैनिक रूपमा अत्याधिक संख्यामा कोरोना संक्रमित थपिदै गएका छन् । त्यहाँ निको भएको दरका आधारमा भारतको अवस्था सुधारात्मक देखिए पनि लकडाउन खुकुलो भएर सर्वसाधारणले लापरवही गर्दा संक्रमण भयावह रूपमा फैलिने आंकलन गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वलाई स्वीकार गर्ने निर्णय गरेको छ । सो…

प्रतिकृयाहरू
...