Friday 26th April 2024

विदेशी मोडलको एउटै छाता मुनी सबै नेपाली उत्पादन मनमुरी कृषि बजारमा


आर.बि. बुढाथोकी – १४ जागरुक र संघर्षशिल नारीहरुको नेतृत्वमा कागेश्वरी मनहरा नगरपालिका-८ गोठाटारमा मनमुरी कृषि सहकारी सस्था लि. को आफ्नै कृषि बजार सुरुवात भएको छ । सम्पूर्ण रुपमा अर्गानिक चिज बिक्री बितरण गर्ने उदेश्यका साथ खोलिएको यो संस्था नगरपालिकाको पहिलो र नमुना संस्था हो । मनमुरी कृषि सहकारी संस्थाको मातहतमा रहने गरी आफ्नै कृषि बजार पनि सुरुवात सँगै स्थानीय बासिन्दाहरुको मन जित्न सफल भईसकेको कुरा बताउनु हुन्छ संस्थाकी अध्यक्ष जयाकला बस्नेत । “हामीले धेरै संघर्ष गरेर यो स्थानमा आइपुगेका छौ । अब यो संस्थालाई उचाइ र गुणस्तर दिने काम हाम्रै सदस्य साथीहरुको हातमा छ । यसका लागि हामीले निरन्तर निगरानी र चुस्त नेतृत्व बहन गर्ने छौ ।” उहाँले एक भेटमा बताउनु भयो । संस्थाको लागतमा खोलिएको सो आफ्नै कृषि बजार २८ सटर छन र सबै सटरमा भिन्न भिन्न नेपाली उत्पादन बिक्री बितरण गरिन्छ । पहिलो प्राथमिकता स्थानीय उत्पादनलाई दिइएको छ भने नपुग नेपाल अधिराज्य भरको कुनै पनि जिल्लाबाट अर्गानिक उत्पादन खरिद गरेर अन्य भन्दा सस्तो,सहज र गुणस्तरिय उत्पादन मात्र बिक्री गरिनेमा संस्थाका सबै नेतृत्व तहका महिलाहरु प्रतिबद्द छन ।

गरे के हुन्न भनी लागि परेका यि सबै महिला समुहको उदाहरणीय कार्यको स्थानीय र नगरपालिकाले पनि सरहानिय कार्य भनी प्रोत्साहन दिएको छ । महिला उत्थान र स्वरोजगारका लागि कसरी स्वउधामी बन्ने भन्ने विषयमा तालिम दिएर अगाडि बढाउन दिन रात नभनी लागि परेका नेतृत्व तहका महिलाहरु लक्ष्य अनुसार तन मन धन सहित लागि परेका छन । स्थानीय तह र केन्द्रले पनि यो संस्थाको उदाहराणीय कार्यको खुलेर प्रशंसा गरेको र मनमुरी कृषि बजारको लागि कागेस्वरी मनोहरा नगरपालिका र नेपाल सरकारबाट अनुदान प्राप्त भएको छ । संस्थाको कृषि बजारमा लोकल खसीको मासु, ताजा अर्गानिक तरकारी तथा फलफुल, मकैको च्याख्ला,गहुको दलिया, तोरीको तेल पेल्ने आफ्नै मेसिन, गाउँ गाउँबाट आएका स्थानीय उत्पादन, ब्युटीपर्लर, कृषि बिउ बिजनका सामाग्री,धान कुट्ने मेसिन,गहु मकै कुट्ने आफ्नै मेसिन,खाजाघर,आधुनिक कुखुरा माछा बिक्री कक्ष, इलामको चिया बिक्री कक्ष, संस्थाको अफिस, हस्तकला लगायतका नुन देखि सुन सम्म उपलब्ध छन र अत्याधुनिक स्तरमा बिर्की वितरण स्टल सटरहरु छन । चामलको कनिका र मकैको च्याँख्लाबाट बनाइएको नेपाल कै पहिलो चीज बल फ्याक्ट्री पनि मनमुरी कृषि बजारले सुरु गरेको छ । नेपाली ढाकाको सामाग्री बिक्री कक्ष,नर्सरी,बिउ बेर्न बिक्री कक्ष,जैबिक मल उत्पादन र बिक्री कक्ष,फोहोर ब्यबस्थापन कक्ष,सिलाई बुनाइ कक्ष,बेकरी कक्ष,डेरी कक्ष लगायतका सबै चिज एक छाता मुनी उपलब्द्द हुने गरी ब्यबस्थापन गरिएको छ जुन एक नमुना कृषि बजारको रुपमा लिन सकिन्छ । माग अनुसार अझै सटरहरु बढाउदै जाने र सर सफाइमा बिशेष ध्यान दिएर सस्थालाई चुस्त रुपमा अगि बढाउने कुरामा सबै महिलाहरुमा दुई मत छैन । मनमुरी कृषि सहकारी सस्था लि को बिक्री कक्ष पनि नगरपालिकाकाको एक प्राइम लोकेसनमा अबस्थित रहेका कारण ग्रहक बर्गलाई जान आउनलाई अति सहज छ । सस्थाको प्रागन सम्म नै पिच रोड हुँदा सपिङगका लागि जाने जो कोहीलाई सहज पनि छ ।

कृषिबाट विकास सम्भब छ र अबको बिकल्प पनि यही हो र कृषिलाई आधुनिकीकरण गर्न मिल्ने तर अर्गानिक उतपादनलाई ओझेलमा पार्न नहुने भनेर २० वर्ष देखि संघर्ष गर्दै आउनु भएकी जयाकाला बस्नेतको यो नयाँ प्रोजेक्ट भने होइन । उहाँले दर्जनौ संघ सँस्थालाई हाँकेको अनुभब छ । सफल र असफल भन्ने कुरा आफ्नो सोचमा भर पर्ने हो । सकारात्मक सोच र दृढविश्वासका साथ लागेमा सफल अबश्य भइन्छ, यसमा कुनै दुबिदा छैन भन्ने बिचारको उहाँलाई हातमा हात काँधमा काँध मिलाउन अहिले धेरै स्वउधमी महिलाहरु थपिएका छन र त उहाँको झन मनोबल उच्च भएको छ । मनमुरी कृषिमा जोडीन पहिलो प्राथमिकता भनेको स्थानिय बिषादीमुक्त अर्गानिक उत्पादन हुनु पर्यो र त्यसको उचित मुल्य सँस्थाले दिने कुरामा पनि तिनै उधमी महिलाको दुई मत छैन । उत्पादन देखि उपभोक्ता सम्म भन्ने नाराका साथ अघि बढेको सो सँस्था भोलिका दिनमा सबैको हितकारी हुनेमा सबै सकारात्मक छन ।

कोरना महामारीको अन्त्य सँगै नेतृत्व तहका महिलाहरुले नेपाल अधिराज्यको अर्गानिक फार्महरुको अबलोकन गरेर सहकार्य गर्ने भएका छन । क्रमिक रुपमा दर्जनैा अर्गानिक फार्महरु अग्रिम रुपमा जोडीनु भइसकेकोले अहिलेको बन्दाबन्दी अवस्थामा ग्राहक बर्गलाई समान उपलब्द्द गराउन संस्थालाई अहिले सम्म कुनै कठिनाई भएको छैन । सहकारीले आगामी दिनमा आफ्नै जग्गा खरिद गरी विषादी रहित बिशुद्द अर्गानिक खाध्यान्न उत्पादन गर्ने भाबी योजना छ । यो सानो नमुना योजनालाई सफल पारेर युबा स्वरोजगारी र स्थानीय उत्पादनको प्रोत्साहन हुने हुँदा देश विकासका लागि पनि केही हद सम्म टेवा पुर्याउने हुँदा हामी यसमा निरन्तर लागि पर्ने छौ अध्यक्ष जयाकला बस्नेतले निडर साथ बताउनु भयो । यसका लागि सबैको साथ सहयोग र समर्थनको अबश्यकता छ बस्नेतको थप उक्ती थियो । विदेश भ्रमणका समयमा संस्थाकी अध्यक्ष बस्नेतले देखेका ब्यबस्थित कृषि बजारलाई नेपालमा पनि सम्भब छ भनी आँटका साथ यो योजना शुरु गरिएको थियो । जुन अहिले सबैका सामु प्रत्यक्ष्य रुपमा सफल कार्यन्वयन भएको देखिएको छ । संस्थाले महामारी लगायत बिभिन्न आपत बिपतमा प्रत्यक्ष रुपमा सामाजिक कार्यमा पनि त्यतिकै सकृय भएर दिन दुखी र असाहयहरुलाई सहयोग र साथ दिएको छ ।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै अत्यावश्यक सुविधाको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ।…

सरकारले सहकारी संकट र बचतकर्ताहरूले ब्यहोर्नुपरेका समस्या समाधानका लागि छुट्टै कानुनी प्रबन्ध गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले तत्काल…

तिमी सँगको मेरो माया दिलमा बस्छ होला मनमा भएको शब्दहरू बोल्नलाई आयौ होला तिमी सँग परिचय भएपछि कुराकानि भयो कुरा…

प्रतिकृयाहरू
...