Saturday 10th January 2026

तीन चोटिला मुक्तकहरू -राम भण्डारी


दिनमा कुम्भ झैं सुतेर राती जाग्ने बानी परेका हामी ।
सुनको थालीमा पिठो भिख माग्ने बानी परेका हामी ।
आफ्नो धरातल बिर्सिएर आज अरुको लहलहैमा
कान खोजेर कागको पछि भाग्ने बानी परेका हामी ।

कञ्चन गगन खुलेको सपना देख्छु ।
गाउँ पाखामा डुलेको सपना देख्छु ।
आशा पलायो मेरो मनको आँगनमा
मुर्झाएको फूल फूलेको सपना देख्छु ।

आँखामा छल्किएको आँसु पिएर आउँछु ।
कालो रात लाई तिलान्जलि दिएर आउँछु ।
फल अबस्य मिठो हुनेछ हाम्रो प्रतिक्षाको
अँजुलीमा उज्यालो बिहानी लिएर आउँछु ।

-राम भण्डारी
सिन्धुपाल्चोक
हालः काठमाडाैं ।


सम्बन्धित शीर्षकहरु

इरानमा बुधबार भएको विरोध प्रदर्शन एघारौं दिनमा प्रवेश गरेको छ र इजरायलको लागि जासुसी गरेको आरोपमा एक जनालाई मृत्युदण्ड दिइएको…

इजरायलले पश्चिम किनारमा प्यालेस्टिनीहरूका लागि चौथो पुस्ता (४जी) मोबाइल सेवाहरूको स्तरोन्नतिलाई अनुमोदन गरेको इजरायली सञ्चार मन्त्रालयले मंगलबार जनाएको छ। मन्त्रालयले…

अमेरिकी सेनाले काराकासको एक परिसरबाट निकोलस मादुरो र उनकी श्रीमतीलाई लगेको ४८ घण्टा नबित्दै, भेनेजुएलाका नेता न्यूयोर्कको अदालतमा उभिए र…

प्रतिकृयाहरू
...