Monday 14th September 2026

सुसेलीः सत्यमेव जयते -हरि शर्मा (गलकोटे कवि)


सबैजनालाई नमस्कार । म हरि शर्मा । म आफूलाई ब्यङ्य कवि भन्न मन पराउँछु । यो सुसेली नेपालमा परापुर्वकालदेखि चली आएको गीति कविता हो । यो हाइकु जस्तै छ भए पनि हाइकु भने पटक्कै हैन । यहाँहरुलाई भ्रम नहोस यो यहाँ हुनेहरु कसैप्रति लक्षित छैन । यो मैले रास्टृय सुसेली मंच नेपालमा गरेको प्रस्तुती हो ।

छल कपट
कति धेरै बढेको
काँप्यो जगत । ???????????

ईश अब त
आए पनि हुन्थ्यो नि
लिई स्वरुप । ???????????

कंस रावण
फेरि पनि जन्मेका
ऐले लोकमा ।???????????

शोक शोकमा
सोझा साझा परेका
सारै दु:खमा । ???????????

कुर्ल्यो रावण
सीता माथि अन्न्याय
पापी दुश्मन । ???????????

हैन बिराको
सीता पति भक्त हुन्
मन सफा त्यो । ???????????

कत्रो अन्याय
पतिब्रता नारीमा
दङ्ग म भएँ ।???????????

पक्कै मर्नेछ
राम लङ्का नजिक
पुगे भर्खर । ???????????

सारा राक्षस
सबै एकै चिहान
भोलि बिहान । ???????????

सत्य डग्दैन
झूठो कुरा क्षणिक
धेरै टिक्दैन । ???????????

बुझौँ सबैले
बेला बेला स्वरुप
लिन्छन् प्रभुले । ???????????

हरि शर्मा म
गलकोटे कवि म
मिशिगनमा ।


सम्बन्धित शीर्षकहरु

फिलिपिन्सको मुस्लिम बहुल Bangsamoro Autonomous Region in Muslim Mindanao (BARMM) मा पहिलो पटक संसदीय चुनाव भइरहेको छ। यस चुनावमा करिब…

इन्डोनेसियाको जाभा सागरमा यात्रुवाहक फेरी पल्टिएपछि बेपत्ता भएका १२९ जनाको खोजी कार्य तीव्र पारिएको छ। खराब मौसमका कारण आइतबार Virgo…

१८ दिनदेखि रातदिन नभनी खोला किनारमा जोखिम मोलेर उद्धारमा खटिएका सागर ढकालले विदेशी सञ्चारमाध्यममा प्रकाशित आरोप तथा नकारात्मक भाष्यप्रति आपत्ति…

प्रतिकृयाहरू
...